जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बचत तथा ऋण सहकारी संस्था हप्तामा दुई दिन खोल्न पाइने

बचत तथा ऋण सहकारी संस्था हप्तामा दुई दिन खोल्न पाइने

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको समयमा बचत तथा ऋण सहकारी संस्था हप्तामा दुई दिन खोल्न पाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सहकारी संस्था हप्तामा दुई दिन खोल्न दिने निर्णय गरेको हो । अब साताको आइतबार र बिहीबार ऋण सहकारी संस्था खोल्न पाइनेछ । यस्तै बैंठकले उपत्यकामा निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ । यसपटकको निषेधाज्ञा केही खुकुलो बनाइएको छ।

निर्माण सामाग्रीका पसल भने दिउँसो ४ बजेपछि मात्र खुल्न पाउने छन्। यस्तै, बैठकले तरकारी र खाद्यान्नका पसल बिहान ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाका समयमा तरकारी र खाद्यान्न पसल बिहान ९ बजेसम्म खोल्न दिँदै आएको थियो ।

बैठकले १ असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले पुस्तक पसल खोल्न दिने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्दै आएका छन् ।

8885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका