जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कृषि विकास बैंक लिमिटेड कम्पनी विश्लेषण

कृषि विकास बैंक लिमिटेड कम्पनी विश्लेषण

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ रुपैयाँले वृद्धि भएको हो । शेयर मूल्य प्रतिकित्ता रु. ४६१ पुगेको हो । यो दिन कम्पनीको १ लाख ३५ हजार ४३३ कित्ता शेयर खरिद विक्री भएको छ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. २ अर्ब ७ करोड ३० लाख नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. २ अर्ब ४ करोड ४६ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा नाफा १ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रु. १ अर्ब ४३ करोड १९ लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको खुद मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नापाmबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. २२ दशमलव १९ रहेको छ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्यांगिङ म्यान मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्यमा गिरावट आउने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव २६ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २ दशमलव ३१ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ४६१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४५२ मा टेवा पाउने देखिन्छ ।

6785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका