जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एनसीसी बैंकको संस्थापक ९ लाख कित्ता शेयर आजदेखि बिक्री खुल्ला

एनसीसी बैंकको संस्थापक ९ लाख कित्ता शेयर आजदेखि बिक्री खुल्ला

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको शेयर आजदेखि बिक्री खुला गरिएको छ । नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक समूह अन्तर्गत रहेको ९ लाख कित्ता संस्थापक शेयर आज (अषाढ २ गते) बिक्री खुला गरिएको हो ।

बैंकको उक्त शेयरको प्रतिकित्ता मूल्य न्यूनतम १४० रुपैयाँ तोकिएको हुँदा खरिद गर्न इच्छुक संस्थापक वा जोकोही ब्यक्ति, कम्पनी, संस्घ–संस्थाहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

आवेदकले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आज (जेठ ३१ गते, बुधबार)देखि अषाढ १६ गतेसम्म लागि आवेदन दिन सक्नेछन्

8480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?