जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एमाले सांसद ऋषिकेशकी श्रीमती जोडिएको सहकारी ठगीमा १० जनालाई पक्राउ पुर्जी

एमाले सांसद ऋषिकेशकी श्रीमती जोडिएको सहकारी ठगीमा १० जनालाई पक्राउ पुर्जी

जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल जोडिएको उमागौरी कृषि सहकारी सस्थाका अध्यक्षसहित १० जनालाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जीमा पोखरेल पत्नी अञ्जला कोइरालाको नाम भने उल्लेख छैन । उनी यो सहकारीको सञ्चालक सदस्य रहेको अवधिमा १२ करोड भन्दा बढी रकम अनियमित भएको खुलेको छ ।

कोशी प्रदेश सहरकारी रजिष्ट्रार कार्यालयले कारबाहीका लागि सिफारिस गरेका सञ्चालक विरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो । प्रहरीले साताअघि मोरङको धनपालथान कर्सिया बजारमा बन्दअवस्थामा रहेको यो संस्थाको कार्यालयमा छापा मापरेर अनुसन्धानका लागि कागजपत्र जफत गरेको थियो ।

संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्म्ण साह, सचिव आलम अन्सारी, कोषाध्यक्ष शम्भुप्रसाद सिंह र सदस्यहरुमा आमोद मण्डल, रोशन राजबंशी, जितमान ठाकुर लेखा समिति संयोजक विजयकुमार यादव सदस्यहरु सुरेन्द्रकुमार राजबंशी र अशोककुमार विश्वासलाई अदालतले पक्राउ आदेश दिएको हो ।

कोइराला सञ्चालक समिति सदस्य रहेको यो सहकारीले बुटवलमा केन्द्रीय मुख्यालय रहेको आरएसडिसी लघुवित्तवाट ऋण लिएर नतिरेपछि उक्त लघुवित्तले कोइरालासहित सवै सञ्चालकलाई कालोसूचीमा सूचिकृत गरेको थियो ।

प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले कोइरालाको नाम हटाएर हाल बहालमा रहेका सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी र सदस्य विरुद्धमात्र कारबाही गर्न प्रहरीलाई सिफारिस गरेको थियो । यो सहकारी संस्थाले विभिन्न वित्तीय सस्थावाट ११ करोड ५६ लाख ७८ हजार ऋण लिएको र २ करोड ३ लाख ५४ हजार रुपैयाँ बचत फिर्ता गर्नुपर्ने देखिएको छ ।

1750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?