जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बैंकिङ बजारमा पुनः पैसाको अभाव

बैंकिङ बजारमा पुनः पैसाको अभाव

केही दिन अघि बैंकिङ क्षेत्रमा तरलता समस्या समाधान हुँदै गएको बताएपनि केही दिन यता पुनः समस्या देखिएको हो । तरलताको समस्या नभएर लगानी गर्न नसकिरहेका बैंकहरु पुनः तरलताको समस्यामा परेका हुन् ।

नेपाल राष्ट्र बैंकले विस्तारै तरलतामा सुधार हुँदै गएको बताए पनि तथ्यांकले भने पछिल्लो केही दिन यता तरलताको अभाव हुँदै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार एकदिनमै एक अर्ब रुपैयाँ तरलता बैंकिङ क्षेत्रबाट बाहिरिएको छ । हाल बैंकिङ इन्ड्रष्टीमा ५३ खर्ब ८२ अर्ब रुपैयाँ कुल निक्षेप छ । आइतबार मात्रै ५३ खर्ब ८३ अर्ब रुपैयाँ थियो । कर्जा लगानी भने एक दिनमा यथावथ छ । बैंकिङ क्षेत्रबाट कुल ४७ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले रिपो मार्फत् बजारमा पठाएको ५० अर्ब रुपैयाँ राष्ट्र बैंक फर्किएपछि केही कमि देखिएको भएपनि त्यो दीर्घकालीन समस्या नभएको बताए ।

‘यसअघि ४५ दिने रिपो जारी गरेका थियौं, त्यो राष्ट्र बैंक फर्किँदा तरलतामा केही दबाब परेको हुन सक्छ, राष्ट्र बैंकले अब पुनः रिपो जारी गरेर यस्ता समस्याको समाधान गर्छ,’ उनले भने ।

राष्ट्र बैंकका अनुसार अन्तर बैंकिङ दर पनि बढ्दै गइरहेको छ । अन्तर बैंकिङ दर पनि बढेर साढे ८ प्रतिशत पुगेको छ । उनले अन्तर बैंकिङदर बढ्नु भनेको तरलतामा दबाब छ भन्ने संकेत हो ।

1185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका