जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सको ११.५८% लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन

सगरमाथा इन्स्योरेन्सको ११.५८% लाभांश सुरक्षित गर्ने बुधवार अन्तिम दिन

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  प्रस्ताव गरेको कुल ११ दशमलव ५८ प्रतिशत लाभांश सुरक्षित गर्ने असार १६ गते (बुधवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले गत आर्थिकव वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ लाख २३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३० गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको प्रधान कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । उक्त सभा प्रयोजनका लागि असार १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले असार १६ गतेसम्म लाभांशका लागि शेयर कायम गर्नुपर्ने भएको हो ।

कोभिड-१९ को जोखिमलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले अन्तिम रुप दिनेछ ।

गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७४/७५ को सञ्चित मुनाफाबाट भने ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । पछिल्लो पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा अघिल्लो आर्थिक वर्षनै सर्वाधिक लाभांश कम्पनीले वितरण गरेको थियो ।

त्यसअघि आर्थिक वर्ष ०६८/६९ को सञ्चित मुनाफाबाट १०० प्रतिशत बोनस शेयर र २९ दशमलव ६२ प्रतिशत कर सहितको नगद लाभांश कम्पनीले वितरण गरेको थियो । बीमा समितिको निर्देशन बमोजिम निर्जीवन कम्पनीहरुले कायम गर्नुपर्ने रू. १ अर्ब चुक्तापूँजीका लागि कम्पनीले गत वर्ष ८६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

5540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका