जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एउटा व्यक्ति र व्यवसायको फाइदाका लागि काम गर्दिनँ : अर्थमन्त्री डा. महत

एउटा व्यक्ति र व्यवसायको फाइदाका लागि काम गर्दिनँ : अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले एउटा व्यक्ति र व्ववसायीको फाइदा नहेर्ने र समग्र अर्थतन्त्र राम्रो हुने गरी काम गर्ने बताएका छन् । शनिबार प्रतिनिधिसभाको अर्थ समितिमा आगामी आर्थिक वर्षको बजेट र अर्थतन्त्र केन्द्रित छलफलमा उनले व्यक्तिगत र पार्टीगत स्वार्थमा काम नगर्ने बताएका हुन् ।

‘समग्र उद्योग व्यवसाय, समग्र अर्थतन्त्रको कुरा गरेको हुँ, एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि मबाट केही हुँदैन’, उनले भने, ‘…सिस्टमबाट आएका कुरा ठीक छन् कि छैनन् यी सबै कुरा दिनरात म हेरिरहेको छु, यहाँ राजनीतिक दल यो वा त्यो भनेर हेरेको छैन । यहाँ देश र जनताको कुरा छ, म व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्छु ।’

मन्त्री महतले नेपाली युवालाई स्वदेशमै उद्यम गर्ने वातावरण बनाउने पनि बताएका छन् । नेपालमा उद्योग र व्यवसाय गरेर राम्रो मुनाफा आर्जन गर्ने अवस्था नभएको भन्दै उनले त्यसको वतावरण बनाउने बताए ।

‘भ्यालु एडिसन ज्यादा भन्दा ज्यादा देशभित्र नै होस् भन्ने कुरा प्राथमिकतामा रहन्छ । नेपाली उद्योगी व्यवसायीलाई प्रमोट गर्ने जस्ता कुरालाई आउँदो बजेटमा प्राथमिकता दिन्छौं, बढीभन्दा बढी नेपाली उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने नीतिमा हामी जान्छौं’, उनले भने ।

मन्त्री महतले बजेटमा स्रोत सीमित रहेको र कतिपय अनिवार्य दायित्वहरु कटौती गर्न नसकिने भएकाले धेरै ठूलो अपेक्षा नगर्न पनि सांसदहरुलाई आग्रह गरे ।

‘हाम्रो साँवा व्याज एकदमै बढ्दै गएको छ । भूकम्पका बेलामा लिएको ऋणको पनि भुक्तानी भइसकेको छैन । ऋण भुक्तानीमा हामीले ध्यान केन्द्रित गर्न थाल्यौं भने साधारण र पूँजीगत खर्चमा दबाव सिर्जना हुन्छ । प्रशासनिक खर्चको सीमा छ, सामाजिक सुरक्षा खर्च हटाउन सक्दैनौं । सार्वजनिक स्वास्थ्य शिक्षाको लगानी कटाउन सक्दैनौं । यस बीचमा हामी ऋण भुक्तानीको दायित्वबाट हामी भाग्न सक्दैनौं ।’ उनले भने ।

मन्त्री महतले अगाडि भने, ‘पूँजीगत खर्च गर्नुपर्ने चौतर्फी मागलाई सम्बोधन गर्न हामीसँग स्रोत सीमित छ । यो असन्तुलनको बीच हामीले काम गर्नुपर्ने आवश्यकता छ । मेरो आधारसहितको तर्कलाई माननीयज्यूहरुले बुझिदिनुहुनेछ ।’

670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका