जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीहरुले कमाए ४ अर्ब ३१ करोड नाफा, कुनले कति गरे ? (सूचिसहित)

निर्जीवन बीमा कम्पनीहरुले कमाए ४ अर्ब ३१ करोड नाफा, कुनले कति गरे ? (सूचिसहित)

निर्जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा नाफा २७ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३ अर्ब ४० करोड ४६ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेमा यस वर्षको तेस्रो त्रैमासमा कम्पनीहरुले ४ अर्ब ३१ करोड ७४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।
तीन कम्पनकिो नाफा घट्यो

यस अवधिसम्ममा तीन कम्पनीको नाफामा गिरावट देखिएको छ । यस अवधिमा शिखर इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा ६ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ३४ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेको इन्स्योरेन्सको पनि नाफा ० दशमलव २३ प्रतिशतले घटेर ३४ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको गत वर्षको तुलनामा नाफा ११ प्रतिशतले घटेको छ ।चालु आर्थि कवर्षको तेस्रो त्रैमासम्ममा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले नाफा आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा शतप्रतिशतले बढी हो । साविक सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत वर्षको तुलनामा नाफा १२६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । ओरिएण्टल इन्स्योरेन्सले नाफा २० प्रतिशतले बृद्धि गरेको छ ।
त्यसैगरी सगरमाथा लुम्बिनीले यस अवधिमा २९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्स्योरेन्सले २८ करोड ६५ लाख, साविक प्रिमियर इन्स्योरेन्सले २६ करोड ४ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २३ करोड ७ लाख, सानिमा जिआइसीले २१ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले १७ करोड ७४ लाख, साविक आइएमई जनरलले १७ करोड २३ लाख, प्रभु इन्स्योरेन्सले १७ करोड, य्रूनाइटेड इन्स्योरेन्सले १५ करोड ५ लाख, अजोड इन्स्योरेन्सले १० करोड ४७ लाख र साविक प्रुडेन्सियल इन्स्योरेन्सले १० करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

1345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका