जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले पायो अन्तिम स्वीकृति

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकले पायो अन्तिम स्वीकृति

नबिल बैंक Nabil Bank Limited ले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्नको लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकलाई हिजो असार १५ गते मर्जर तथा प्राप्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

दुवै संस्थाको असार ५ गते सम्पन्न विशेष साधारणसभाले गाभ्ने गाभिने विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसंगै अब दुवै संस्थालाई एकिकृत कारोबारको लागि बाटो खुलेको छ ।

नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा बैशाख १७ गते हस्ताक्षर भएको थियो। बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। नबिलले युनाइटेडलाई १००:३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । अर्थात् युनाइटेड फाइनान्सको १ सय कित्ता शेयर हुने शेयरधनीले नबिल बैंकको ३५ कित्ता शेयर पाउने छन् ।

प्राप्ति पश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड पुग्नेछ भने शाखा सञ्जाल वृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । एटिएम संख्या १९० हुनेछ । निक्षेप २१६ अर्ब हुनेछ भने कर्जा २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तीय विवरण अनुसार)।

8240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका