जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश

साविक विजेता ब्राजिल घरेलु मैदानमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो ।

निल्टन सान्तोस मैदानमा भएको खेलमा ब्राजिलका लागि लुकास पाक्वेटाले पहिलो हाफमा गोल गरे ।

उनले ३४औं मिनेटमा नेमारको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यही गोल नै ब्राजिललाई फाइनल पुर्‍याउन निर्णायक बन्यो ।

समूह चरणमा भेट हुँदा ब्राजिलले पेरुलाई ४-० ले पराजित गरेको थियो ।

सन् २०१९ मा ब्राजिलमै भएको पछिल्लो संस्करणमा ब्राजिलले पेरुलाई नै हराएर उपाधि जितेको थियो ।

ब्राजिलले अब यस पटक उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

९ पटक उपाधि जितेको ब्राजिलले यसअघि घरेलु मैदानमा आयोजना भएको ५ वटै कोपा अमेरिकाको उपाधि जितेको छ ।

9345
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका