जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सतहत्तरै जिल्लामा संचालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मूख्य प्रायोजक आइएमई पे हुनेछ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रवन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गरे ।

सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सीईओ नाहाटाले यो कार्यक्रम देशका सवै क्षेत्रमा वित्तीय साक्षरता पुर्याउन सफल हुने विश्वास व्यक्त गरे भने प्रवन्ध निर्देशक निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

आइएमई ग्रुपमा प्रवक्ता राजु पौडेलले नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रममा सहभागी भएको बताए । भर्चुअल माध्यमबाट संचालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ ।

8025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका