जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • अर्थमन्त्री शर्माले भने-‘राहत सहितको आर्थिक पुनरुत्थानको कार्यक्रम ल्याउँदैछौं’

अर्थमन्त्री शर्माले भने-‘राहत सहितको आर्थिक पुनरुत्थानको कार्यक्रम ल्याउँदैछौं’

अर्थमन्त्री जनार्दन शर्माले सरकारले राहत सहितको आर्थिक पुनरुत्थान कार्यक्रम ल्याउने तयारी गरिरहेको बताएका छन्। नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री शर्माले सो कुरा बताएका हुन्।

सरकारको पहिलो प्राथमिकता सबै नागरिकमा खोप पुर्‍याउनु रहेको बताउँदै सबै नागरिकमा खोप पुगेपछि अर्थतन्त्रलाई अगाडी बढाउन सहज हुने उनले बताए।

उनले भने-‘परिसंघको मेक इन नेपालले आयात प्रतिस्थापन गरी आन्तरिक रोजगारी वृद्धि हुनेछ, यसको लागि व्यक्तिमा प्राविधिक क्षमता बढाउन आवश्यक छ। देशैभरी साना उद्योगहरुको विकास गर्नुपर्ने आवश्यकता छ।’

व्यापार घाटा कम गर्नका लागी औद्योगिकरण नै पहिलो शर्त रहेको बताउँदै वार्षिक २ खर्बभन्दा बढिको कृषि आयातलाई प्रतिस्थापन गर्नु प्रमुख चुनौति रहेको शर्माले बताए।

8135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका