जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नक्कली बिल बनाई भ्रष्टाचार गर्ने तीन जना अख्तियारको फन्दामा

नक्कली बिल बनाई भ्रष्टाचार गर्ने तीन जना अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल भर्पाइ बनाई भ्रष्टाचार गरेको अभियोगमा तीन जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका कृषि शाखा प्रमुख, निमित्त प्रकाशकीय अधिकृत र लेखा अधिकृत विरुद्ध मुद्दा दायर गरेको हो ।

उक्त कार्यालयबाट २०७५/०७६ मा संचालित हिउँदे फलफूल बिरुवा स्याउ, दाँते ओखर, च्याउको विउ तथा जैविक विषादी खरिद गर्दा झुट्ठा बिल भरपाई पेश गरी नगरपालिकाका कृषि शाखा प्रमुख उमाकान्त भण्डारीले रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

सोही निवेदनको आधारमा अनुसन्धान गर्दा छायाँनाथ नगरपालिकामा आव २०७५/०७६ को हिउँदे फलफूल विरुवा खरिद गर्दा लागत भन्दा बढीको रकमको झुट्टा विल उक्त विरुजवा ढुवानीमा लागेको समेत बनावटी बनाई पेश गरी भ्रष्टाचार गरेको आयोगको आरोप छ ।

उनीहरुले विरुवा खरिद वापतको २ लाख २३ हजार १०० रुपैयाँ को झुटा बिल भर्पाई बनाई गैरकानुनी लाभ लिन खोजेको भन्दै उनीहरु विरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सोही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्वर सारु र लेखा अधिकृत लोकेन्द्र रावतले विरुवा ढुवानीको भन्दै नक्कली भपाई देखाई एक लाख ६१ हजार रुपैयाँ नगरपालिकालाई हानी नोक्सानी गरेकाले भ्रष्टाचार विरुद्धको मुद्दा दायर गरिएको छ । उनीहरु विरुद्ध आयोगले उक्त रकम बराबरको विगोमाग सहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

2260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका