जोडिनुहोस
आइतवार, मंसिर २४, २०८०
आइतवार, मंसिर २४, २०८०

हालको खबर

  • होमपेज
  • कामना सेवा विकास बैंकको १९.४७ प्रतिशत लाभांश पारित

कामना सेवा विकास बैंकको १९.४७ प्रतिशत लाभांश पारित

कामना सेवा विकास बैंकले प्रस्तावित १९ दशमलव ४७ प्रतिशत लाभांश मंगलवार वार्षिक साधारण सभा सम्पन्न गरी पारित गरेको छ । कम्पनीले पार्क भिलेज रिसोर्ट, बूढानीलकण्ठमा कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा सम्पन्न गरेको हो । 

सभाले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरणयोग्य बनाएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ६५ करोड १९ लाख ६३ हजारको आधारमा १८ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम तय गरेकोमा पुरानै संचालकहरुलाई निर्विरोध निर्वाचित गरेको छ । यस कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तीमा जाने विषयमा पनि सभामा छलफल गरेको छ । 

उपयुक्त अन्य बैंक तथा वित्तीय संस्थाहरुसँगै मर्जर तथा प्राप्त प्रयोजनमा जान सदस्यहरुले स्वीकृति प्रदान गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी संचालक समितिलाई दिने निर्णय गरेका छन् । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक १० गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीले पारित गरेको लाभांश प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका