जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थसचिवमा मधु मरासिनी, ढुंगाना बाहिरिए सँगै कोरोना बीमाको दाबी भुक्तानी होला ?

अर्थसचिवमा मधु मरासिनी, ढुंगाना बाहिरिए सँगै कोरोना बीमाको दाबी भुक्तानी होला ?

सरकारले महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थ सचिवमा सरुवा गरेको छ । गत साउन १२ गतेको मन्त्रिपरिषदको बैठकले मरासनीलाई अर्थमा तान्ने निर्णय गरेको हो । अर्थमा मरासिनीलाई ल्याए सँगै हालका अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

अर्थसचिव ढुंगानाले कोरोना बीमाको दाबी भुक्तानी रोकेर राखेका थिए । उनले आफु अर्थमन्त्रालयमा रहुन्जेल कोरोना बीमाको कलंक भिरेर नबाहिरिने भन्दै आएका थिए । जवकी कोरोना बीमाको मापदण्ड परिवर्तन गर्ने तथा पुल बाहेकको दाबी भुक्तानीमा नेपाल सरकारले नै बेहोर्ने भनेर हस्ताक्षर गर्ने उनिनै थिए ।

आफैले हस्ताक्षर गरेको मापदण्ड बमोजिम दाबी भुक्तानीमा रोक लगाएका ढुंगानाका कारण अहिले बीमा समिति तथा बीमा कम्पनीहरु समस्यामा छन् । उनको कदमले आम सर्वसाधारणले पनि नेपाल सरकार प्रति विश्वास नगर्ने अवस्था सिर्जना भएको छ ।

5730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका