जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • धितोपत्र बोर्डको निर्णय विरुद्द गुरु न्यौपानेद्वारा उच्च अदालतमा रिट दायर

धितोपत्र बोर्डको निर्णय विरुद्द गुरु न्यौपानेद्वारा उच्च अदालतमा रिट दायर

धितोपत्र बोर्डको कारवाही विरुद्द गुरु प्रसाद न्यौपानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । धितोपत्र बोर्डले गरेको निर्णय बदर गर्न माग गर्दै न्यौपानेले आज सोमबार उच्च अदालत पाटनमा रिट दायर गरेका हुन् ।

गत पुस अन्तिम साता नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई नगद जरिवानाको निर्णय गरेको थियो। जरिवाना तिरेपछि उनी १० वर्षसम्म सूचिकृत कम्पनीको सञ्चालक बन्न अयोग्य हुने थिए। तर उनले जरिवाना तिराउने बोर्डको निर्णय अस्विकार गर्दै बोर्ड बिरुद्द उच्च अदालत पाटन गएका हुन् ।

न्यौपानेले आफ्नो रिटमा धितोपत्र तथा वस्तु विनिमय बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड ललितपुर , ऐ.ऐ. सुपरिवेक्षण विभाग , जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ , जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ / प्रहरी वृत्त मिनभवन काठमाण्डौलाई विपक्षी बनाएका छन्।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बोर्डले न्यौपानेलाई  नगद जरिवाना गरेको र यसरी जरिवाना तिरेपछि उनी १० वर्षसम्म सूचिकृत कम्पनीको सञ्चालक बन्न अयोग्य रहने स्पष्ट पारे ।  प्रवक्ता श्रेष्ठका अनुसार उनलाई धितोपत्र सम्बन्धी ऐन २०६३, दफा १०१ को उपदफा ७ अनुसार ७५ हजार रूपैयाँ जरिवाना गर्ने निर्णय भएको हो। दफा १०१ बमोजिमको सजाय पाएपछि त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहुने व्यवस्था ऐनको दफा १०८ मा छ ।

बोर्डले गरेको सजाय उपर चित्त नबुझे ३५ दिनभित्र सम्बन्धित अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था ऐन मै रहेकोले ऐनको व्यवस्था बमोजिम नै न्यौपाने उच्च अदालत गएका हुन्।

यद्यपि बोर्डले जरिवानाको निर्णय गरेको ३५ दिन भन्दा बढी भइसकेको छ । बिजपाटीसँगको कुराकानीमा न्यौपानेले बाटोको म्याद १५ दिनको हुने र पुनरावेदनमा जाने अवधि अझै बाँकी नै रहेको दावी गरेका थिए ।

3795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?