जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबिच सम्झौता

महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबिच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटल प्रा. लि. सँग मिति २०७८ श्रावण १८ गते सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।

सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजि तथा इको सेवामा अधिकतम १०% छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक श्री अर्जुन पौडेल ज्यूले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटा ज्यूले हस्ताक्षर गर्नु भएको हो ।

देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।

8175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका