नेपाल उद्योग वाणिज्य महासंघले सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग जोडिएका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको बचाउ गर्दै विज्ञप्ति प्रकाशित गरेको छ ।
‘नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७/०८/३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उहांको बोर्ड बैठकमा मिति २०७७/१०/११ देखिमात्र उपस्थिति रहेको व्यहोरा जानकारी गराउँछौं ।’–महासंघद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
‘उनका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति २०७७/०८/१४ मा) गरिएको शेयर कारोबारकोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आँच पुर्याउने हुँदा सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण हुन महासंघ आग्रह समेत गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।