जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • कोरोना भाइरसको दोस्रो लहर बैंक र वित्तिय संस्थामा, दर्जनौ कर्मचारीलाई कोरोना पुष्टी, राष्ट्र बैंक भन्दछ उच्च सावधानी अपनाउँदै सेवा दिनु ?

कोरोना भाइरसको दोस्रो लहर बैंक र वित्तिय संस्थामा, दर्जनौ कर्मचारीलाई कोरोना पुष्टी, राष्ट्र बैंक भन्दछ उच्च सावधानी अपनाउँदै सेवा दिनु ?

अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसको दोस्रो लहरले नेपाललाई पनि छोएको छ भन्दा फरक पर्दैन । दर्जनौ बैंक र वित्तिय संस्थाका कर्मचारीहरुलाई कोरोना पुष्टी भएको समाचार पढ्न र हेर्न पाउनु आफैमा दुखको समाचार पक्कै हो । अत्यावश्यक सेवा भित्र पर्ने बैंक र वित्तिय संस्थाहरुले कोरोना महामारी बीच सेवा दिनु पर्ने चुनौती आफैमा छ । नेपाल राष्ट्र बैंकले नौ बुँदे निर्देशन जारी गर्दै कोरोना भाइरस बिरुद्ध सबै उपाउ अपनाउँदै सेवा दिन बैंक र वित्तिय संस्थालाई आग्रह गरेको छ ।

भनिन्छ छिमेकी मुलुक भारत र नेपालमै पनि कोरोना भाइरसको दोस्रो लहरको संक्रमण चुनौतीपूर्ण बन्दै गएसँगै उच्च सतर्कता अपनाउन थालिएको देखिन्छ । सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संक्रामक रोग ऐन, २०२० को दफा (२) बमोजिम आदेश जारी गरेको हो । यता सोमबार नै नेपाल राष्ट्र बैंकले पनि यस सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुका लागि नौ बुँदे निर्देशन जारी गरिसकेको छ । सरकारी निर्देशनपछि बैंक तथा वित्तीय संस्थामा संक्रमणको जोखिम न्यूनीकरणका लागि सतर्कता बढाइको छ । भन्दा फरक पर्दैन ।

सरकारले जारी गरेको आदेशमा ‘नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थामा सेवा तथा कार्यको लागि विद्युतीय भुक्तानी प्रणाली लागु गर्न सहजीकरण गर्ने, सेवाशुल्क र महसुल अग्रिम वा एकमुष्टरूपमा बुझाउन चाहनेलाई सोबमोजिम गर्न सक्ने व्यवस्था मिलाउने विद्युतीय भुक्तानी प्रणाली लागु गर्न व्यवस्था मिलाउने’ भनिएको छ ।बैंकिङ क्षेत्र दैनिक रूपमा भिडभाड हुने ठाउँमा पर्छ । सेवाग्राहीको भिडभाड हुने तथा नियमित सेवा दिनैपर्ने भएकाले यो क्षेत्रलाई संक्रमणको उच्च जोखिम क्षेत्रका रुपमा लिइँदै आएको छ । विगतका दिनहरूमा पनि बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि बैकिङ क्षेत्र ‘कोरोना हटस्पट’ बन्न थालेको देखिन्छ ।

नेपालका बैंक र वित्तिय संस्थाले मापदण्डअनुसार काम गनुपर्ने देखिन्छ । सेनिजाइजर, माक्सलगायत सुरक्षाका निर्धारत सबै उपाय अवलम्बन गरेर मात्र सेवा दिनुपर्छ । कोभिड काउन्टर भनेर विभिन्न देशले खोलेका छन् । यहाँका बैंकहरूले पनि यस्तो काउन्टर छुट्टै खोल्नुपर्ने अबको आवश्यकता बन्न सक्दछ । हेक्का होस् ।

करिब ८० प्रतिशत कर्मचारी ‘वर्क फ्रम होम’मा थिए भने उपत्यकाबाहिर भित्र पनि बैंकका शाखा कार्यालयहरूमा कोरोना संक्रमण देखिएको थियो । उपत्यकाबाहिरका धेरैवटा बैंकिङ शाखाका कर्मचारीमा संक्रमण देखिएपछि शाखा कार्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । अहिलेको अवस्थामा पनि कोरोनाको संक्रमण बढ्दै जाँदा त्यो स्थिति अथवा त्योभन्दा पनि कठिन अवस्थाको सामना गर्नुनपर्ला भन्न सकिँदैन ।

बैंकिङ कारोबार जस्तोसुकै परिस्थितिमा पनि नियमित चलिरहने प्रक्रिया हो । त्यसैले यस क्षेत्रमा सेवा दिने संस्थाहरूले सावधानीका सबैखाले उपाय अवलम्बन गर्दै निरन्तर सेवा दिइरहनुपर्ने देखिन्छ । यसको लागि नेपाल राष्ट्र बैंकले खुकुलो नीति ल्याउनु जरुरी देखिन्छ भन्दा फरक पर्दैन ।

नेपालका बैंक र वित्तिय संस्थाले मापदण्डअनुसार काम गनुपर्ने देखिन्छ । सेनिजाइजर, माक्सलगायत सुरक्षाका निर्धारत सबै उपाय अवलम्बन गरेर मात्र सेवा दिनुपर्छ । कोभिड काउन्टर भनेर विभिन्न देशले खोलेका छन् । यहाँका बैंकहरूले पनि यस्तो काउन्टर छुट्टै खोल्नुपर्ने अबको आवश्यकता बन्न सक्दछ । हेक्का होस् ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरेसँगै बैंक तथा वित्तीय संस्थाहरूले भाइरसको संक्रमणबाट बच्न सम्भावित सावधानीका उपायहरूको अवलम्बनमा सजगता बढाएको देखिन्छ । सेवाग्राहीलाई सेनिटाइजरले हात धोएर ज्वरो नापेपछि मात्र बैंकमा प्रवेश गराउने, भौतिक दूरी कायम राख्ने, मास्कविना प्रवेश गर्न नदिनेलगायत सावधानीका उपायहरू अपनाइएको पाइयो । कतिपय बैंकले ग्राहकलाई शाखा कार्यालय बाहिरै सोधपुछ गरी ज्वरो नाप्ने, सेनिटाइज गराउनुुका साथै नाम, थर, ठेगाना, सम्पर्क नम्बर र बैंक आउनुको प्रयोजन रजिस्टरमा टिपोट गरेर मात्र भित्र पठाएको भेटियो । धेरै बैंक तथा वित्तीय संस्थाहरूले कोभिडको पहिलो लहरदेखि नै जोखिम न्यूनीकरणका यस्ता उपायहरू अवलम्बन गर्दै आए पनि यो समाचार तयार पार्दासम्म उनीहरू थप सजग देखिएका छन् ।

कोभिड १९ को संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । गत सोमबार क, ख, ग र घ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौ बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले जस्तोसुकै परिस्थितिमा बैंकिङ सेवा प्रवाह नियमित हुने गरी पूर्वतयारी गर्न तथा सावधानीका उपायहरू अवलम्बन गर्न भनेको छ ।

कोभिडको दोस्रो लहरमा पनि बैंक तथा वित्तीय संस्थाका विभिन्न शाखामा कार्यरत कर्मचारी संक्रमित भएको भेटिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार संक्रमण भेटिएमा त्यस्ता कर्मचारीलाई आइसोलेसनमा राख्नुपर्ने तथा कन्ट्र्यक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । तर, त्यसो गर्दा शाखा नै बन्द गर्नुपर्ने अवस्थाका कारण उनीहरूले क्वारेन्टाइनमा राख्न नसकेको र नियमित कामकाजमा लगाइरहनुपर्ने बाध्यता रहेको एक सीइओले पंक्तिकारसंग बताए ।

कोभिड १९ को संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । गत सोमबार क, ख, ग र घ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौ बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले जस्तोसुकै परिस्थितिमा बैंकिङ सेवा प्रवाह नियमित हुने गरी पूर्वतयारी गर्न तथा सावधानीका उपायहरू अवलम्बन गर्न भनेको छ ।

कर्मचारीहरूमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै संक्रमणको जोखिम न्यून हुने गरी सेवा प्रवाह गर्न, कर्मचारीहरूलाई समूहमा विभाजन गरी समूह–समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी काम गर्ने वातावरण निर्माण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यसका लागि आवश्यकताका आधारमा रिमोट एक्सेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्कलगायत उपायहरू अवलम्बन गर्न राष्ट्र बैंकले सुझाएको छ । भन्दा फरक पर्दैन ।
कर्मचारीहरूमा संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गर्ने, संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन गर्ने तथा कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारिन्टाइन गर्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन देखिन्छ ।

सेवाग्राहीको आवत–जावत सकेसम्म कम हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरू यथासम्भव विद्युतीय माध्यमबाट गर्न–गराउन प्रोत्साहन गर्न, बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटिएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर एवं टिस्यु पेपरको व्यवस्था गर्न राष्ट्र बैंकले भनेको छ ।

बैंक तथा वित्तीय संस्थालाई कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न यसअघि नै निर्देशन दिइएकोमा सो समूहलाई सक्रिय रूपमा परिचालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । साथै, सेवाग्राहीको आवत–जावत सकेसम्म कम हुने गरी बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवाहरू यथासम्भव विद्युतीय माध्यमबाट गर्न–गराउन प्रोत्साहन गर्न, बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित एटिएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर एवं टिस्यु पेपरको व्यवस्था गर्न राष्ट्र बैंकले भनेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्न निर्देशन दिँदै राष्ट्र बैंकले सम्भव भएसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरेको देखिन्छ ।

14725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?