जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • ईसेवा र अल फरदान एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

ईसेवा र अल फरदान एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता

ईसेवा मनि ट्रान्स्फर र कतारको अल फरदान एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानीबारे सम्झौता भएको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र अल फरदान एक्सचेन्जको तर्फबाट महाप्रबन्धक बशर मोहम्मद अल वक्फीले हस्ताक्षर गरेका छन्।

अल फरदान एक्सचेन्जसँगको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको ईसेवाले जनाएको छ।

यो सम्झौता सँगै कतारमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले अल फरदान एक्सचेन्जको १६ शाखाहरु वा मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन्।

अल फरदान एक्सचेन्जबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट, बैंक तथा वित्तिय संस्थाहरुका साथै इसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

ईसेवाले मनि ट्रान्स्फरको परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको जनाएको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो। अल फरदान एक्सचेन्ज विश्वव्यापी रेमिट्यान्समा अग्रणी नामहरू मध्ये एक हो।

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका