जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमइ बैंकले खोल्यो एकै दिन सात नयाँ शाखा, देशभर शाखा सञ्जाल २८० पुग्यो

ग्लोबल आइएमइ बैंकले खोल्यो एकै दिन सात नयाँ शाखा, देशभर शाखा सञ्जाल २८० पुग्यो

ग्लोबल आइएमई बैंकले बुधबारदेखि सातवटा नयाँशाखा सञ्चालनमा ल्याएको छ। खोलिएका शाखामध्ये ६ वटा काठमाडौं उपत्यकामा छन्।

बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर र धादिङको धादिङबेसीस्थित बिचबजारमा शाखा खोलेको हो।

नयाँ शाखाहरु सञ्चालनमा आएसँगै शाख संख्या २८० पुगेको छ।

बैंकका देशका ७६ जिल्लामै फैलिएको छ। बैंकका देशभर २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय छन्।

5770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका