जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • आईएमई लाईफ इन्स्योरेन्स कम्पनी प्रिमियम शेयर निश्काशन गर्न अयोग्यः बीमा समिति बेखबर

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी प्रिमियम शेयर निश्काशन गर्न अयोग्यः बीमा समिति बेखबर

नेपालका जीवन बीमा कम्पनीहरुमा सबैभन्दा कमजोर बीमा लेख भएको आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रिमियम शेयर निस्काशन गर्न अयोग्य भएको बीमा समिति उच्च स्रोतको दाबी छ ।
गतवर्ष नै बीमा समितिले साधारण सभा नगरेको र लेखापरिक्षणमा बदमासी गरेको भन्दै कारवाही समेत गरेको आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले शक्तिकै भरमा पटक÷पटक नियमनकारी निकाय बीमा समितिलाई चुनौती दिँदै आएको भेटिएको छ ।

प्राथमिक शेयर निष्काशन गर्न बाँकी सम्पुर्ण जीवन बीमा कम्पनीहरुले प्रिमियम सहित आइपिओ निष्काशन गर्ने तयारीमा जुटेका देखिन्छ । रिलायबल नेपालले ११२ रुपैयाँ प्रिमियम सहित आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाडि बढाए सँगै अन्य कम्पनीहरुले पनि प्रिमियमा शेयर जारी गर्ने तयारीमा छन् भन्दा फरक पर्दैन ।

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीमा मार्केटिङ्ग बिभाग प्रमुख रहेका कवि पौड्याललाई सीइओ बनाएपछि कम्पनीको छबी माथी नै प्रश्न उठेको भेटिएको छ । चर्चित कलाकार मनिषा कोइरालालाई विज्ञापनमा खेलाएर आफू उच्च छवि भएको इन्स्योरेन्स कम्पनी देखाउन खोजेपनि कम्पनीको भित्री प्रगति खोक्रो रहेको भेटिएको छ ।  विगत २ वर्ष देखि साधारण सभा समेत गर्न नसकेको कम्पनीलाई प्रिमियम शेयर निश्काशन गर्न दिनु कानुन विपरित रहेको देखिन्छ ।प्राथमिक शेयर निष्काशन गर्न बाँकी सम्पुर्ण जीवन बीमा कम्पनीहरुले प्रिमियम सहित आइपिओ निष्काशन गर्ने तयारीमा जुटेका देखिन्छ । रिलायबल नेपालले ११२ रुपैयाँ प्रिमियम सहित आइपिओ निष्काशन गर्ने प्रकृयाँ अगाडि बढाए सँगै अन्य कम्पनीहरुले पनि प्रिमियमा शेयर जारी गर्ने तयारीमा छन् भन्दा फरक पर्दैन ।

आधार मूल्यमै प्राथमिक शेयर निष्काशनको प्रकृयाँ अगाडि बढाएको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि पछाडि हटेर प्रिमियमा शेयर निष्काशन गर्न लागी गरेको भेटिएको छ । प्रिमियम शेयर निष्काशनको लागि बीमा समितिमा निवेदन दिने विषयमा रहेर पनि उक्त कम्पनी विभिन्न कारणले अयोग्य भएको छ भन्दा फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई आधार मूल्यमै प्राथमिक शेयर निष्काशन गर्नु पर्ने व्यवस्था गरेका कारण बीमा कम्पनीहरुले पनि अहिलेसम्म आधारभुत मूल्यमै शेयर जारी गर्दै आएका थिए । तर रिलायबल नेपालले बीमा समितिबाट प्रिमियमा शेयर जारी गर्नका लागि स्वीकृति पाए सँगै अन्य कम्पनीहरु पनि प्रिमियममा शेयर जारी गर्न लोभिएका हुन् ।

आइएमई लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाउने चरणमै छ । तर कम्पनीले उक्त प्रकृयालाई बन्द गरेर प्रिमियममा शेयर निष्काशनका लागि आवस्यक प्रकृयाँ अगाडि बढाउनु भनेको अरुको देखाशिखि गर्नु मात्रै हो । एक कम्पनीका सीइओले दाबी गरे ।

पछिल्लो समय केहि जीवन बीमा कम्पनीहरुले प्रिमियमा शेयर निष्काशन गर्ने प्रकृयाँ अगाडि बढाए पछि आइएमई लाइफ पछाडि हटेको हो । लगातार तीन वर्षदेखि मुनाफामा रहेका कम्पनीले प्रतिशेयर नेटवर्थको दुई गुणासम्म प्रिमियम तोक्न सक्ने कानुनी व्यवस्था छ । तर, यो प्रक्रियामा आईएमआई लाईफ पर्दैन । हेक्का होस् । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई आधार मूल्यमै प्राथमिक शेयर निष्काशन गर्नु पर्ने व्यवस्था गरेका कारण बीमा कम्पनीहरुले पनि अहिलेसम्म आधारभुत मूल्यमै शेयर जारी गर्दै आएका थिए । तर रिलायबल नेपालले बीमा समितिबाट प्रिमियमा शेयर जारी गर्नका लागि स्वीकृति पाए सँगै अन्य कम्पनीहरु पनि प्रिमियममा शेयर जारी गर्न लोभिएका हुन् । भन्दा फरक पर्दैन ।

सन नेपाल र सिटिजनले प्रिमियमा शेयर जारी गर्नको लागि बीमा समितिबाट आवस्यक स्वीकृति समेत लिइसकेका छन् । महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७६÷७७ को लेखापरिक्षण तयार पारेपछि मात्रै प्राथमिक शेयर निष्काशन गर्न योग्य हुने भएकाले आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले यो प्रक्रिया पूरा गरेको छैन । कम्पनीले अहिलेसम्म कुनै पनि प्रकृया अगाडि बढाएको छैन ।

रिलायबल सहित आइएमई लाइफ, सन नेपाल, सिटिजन लाइफ, महालक्ष्मी लाइफले प्राथमिक शेयर निष्काशन गर्न बाँकी छ । सन नेपाल र सिटिजनले प्रिमियमा शेयर जारी गर्नको लागि बीमा समितिबाट आवस्यक स्वीकृति समेत लिइसकेका छन् । महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७६÷७७ को लेखापरिक्षण तयार पारेपछि मात्रै प्राथमिक शेयर निष्काशन गर्न योग्य हुने भएकाले आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले यो प्रक्रिया पूरा गरेको छैन । कम्पनीले अहिलेसम्म कुनै पनि प्रकृया अगाडि बढाएको छैन ।

प्रिमियममा शेयर जारी गर्दा कम्पनीहरुको जगेडा कोष बलियो हुने भन्दै बीमा समितिले कम्पनीहरुलाई अनुमति दिइरहेको छ । जगेडा कोष बलियो हुँदा कम्पनीको जोखिम बहन क्षमता बढ्नुका साथै अन्य सूचकमा पनि सकारात्मक प्रभाव पर्ने भए पछि बीमा समितिले नियम अनुसार योग्य कम्पनीहरुलाई अवरोध नगर्ने बताउदै आएको देखिन्छ ।

कम्पनी ऐन अनुसार पब्लिक कम्पनीले प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्न चाहेकमा साधारणसभाबाटै प्रस्ताव पारित गर्नु पर्ने हुन्छ । त्यस्तै धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा पनि प्रिमियमा शेयर निष्काशन गर्न सकिने स्पष्ट व्यवस्था छ ।

कम्पनी ऐनले प्रचलित नियम कानुनका आधारमा पब्लिक कम्पनीले प्रिमियममा प्राथमिक शेयर निष्काशन गर्न पाउने व्यवस्था गरिदिएको छ । कम्पनी ऐन अनुसार पब्लिक कम्पनीले प्रिमियम सहित प्राथमिक शेयर निष्काशन गर्न चाहेकमा साधारणसभाबाटै प्रस्ताव पारित गर्नु पर्ने हुन्छ । त्यस्तै धितोपत्र दर्ता तथा निष्काशन नियमावलीमा पनि प्रिमियमा शेयर निष्काशन गर्न सकिने स्पष्ट व्यवस्था छ । यि दुबै कानुनमा बीमा कम्पनीहरु प्रिमियमा शेयर निष्काशन गर्न योग्य रहेकाले पनि नियामक निकाय बीमा समितिले अनुमति दिइरहेको देखिन्छ । तर, आईएमई लाईफ इन्स्योरेन्स भने अयोग्य रहेको प्रस्टै देखिन्छ । सचेत भया ।

8505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै