जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकको वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक निर्वाचित

प्रभु बैंकको वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक निर्वाचित

प्रभु बैंकको २३ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सोमबार सम्पन्न सभाले सञ्चालकहरु चयन गरेको हो। निर्वाचित हुने सञ्चालकमा संस्थापक समूहबाट अम्बिका शर्मा लामिछाने, अंगिरमान सिंह र वृषबहादुर बस्नेत तथा सर्वसाधारण समूहबाट सुरजकुमार श्रेष्ठ, राजु पौडेल र किशोरजंग कार्की छन्।

सभाले बैंकको गत आर्थिक वर्षको २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन पारित गरेको छ। सभाले बैंकका सहायक कम्पनीहरु प्रभु क्यापिटल र प्रभु स्टक मार्केटको गत आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गरेको छ।

सभा पेस गरिएका अन्य प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित भएका छन्।

2190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?