जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सन नेपालको साधारण सभा सम्पन्न

सन नेपालको साधारण सभा सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभामा कम्पनीले प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै, सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित भएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरि मणि आचार्य,एच आचार्या एण्ड स्शोसियट्स चार्टर्ड एकाउन्टेण्टलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

त्यसैगरी सभाले स्वतन्त्र विज्ञ संचालमा नितु कयाललाई नियुक्त गरेको छ ।

हालसम्म कम्पनीले देशभरका २० वटा शाखा कार्यालय तथा १०८ वटा उपशाखा कार्यालयमार्फत आफ्ना बीमितहरुलाई सरल, सहज र उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

4075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?