जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाउने

काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाउने

काठमाडौं उपत्यकाभित्र राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने भएको छ। आज बसेको उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि सवारीलाई रोक लगाउने निर्णय गरेको हो।

कोरोना संक्रमण बढेको भन्दै राति ८ बजेपछि सवारी साधन चल्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले बताए।

‘ ८ बजेपछि होटेल रेष्टुरेष्टमा मानिस सवारी लिएर गएको पाइयो। यसले संक्रमण बढायो। त्यसैले ८ बजेपछि सार्वजनिक तथा निजी सवारीलाई रोक लगाइएको हो,’ सिडिओ निरौलाले भने।

त्यस्तै काठमाडौं उपत्यकाभित्र भदौ ८ गतेसम्मको लागि निषेधाज्ञा थप भएको छ। वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी छ।

2425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?