जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • लक्ष्मी बैंकले बर्ष दिनमा गर्यो एक अर्ब ५४ करोड रुपैयाँ नाफा,

लक्ष्मी बैंकले बर्ष दिनमा गर्यो एक अर्ब ५४ करोड रुपैयाँ नाफा,

३४ करोड रुपैयाँ बराबरको ट्रेडिङ आम्दानी (यसमा अधिकांस सेयर बिक्रीबाट भएको कमाइ हुन्छ) गरेको लक्ष्मी बैंकले खुद नाफामा ९.१९ प्रतिशतको सुधार गरेको छ। कोभिड-१९ संक्रमणसँगै अर्थतन्त्र अस्तब्यस्त भएकाले लक्ष्मी बैंकले धेरै ठूलो बिस्तारको नीति नलिइ नाफामा सुधार गरेको हो।

बैंकले शुक्रबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा एक अर्ब ५४ करोड रुपैयाँ भएको जनाएको छ। बैंकको खुद ब्याज आम्दानी भने घटेको छ।

खुद ब्याज आमदानी ७ प्रतिशतले घटेर ३ अर्ब २१ करोडमा सीमित भएको छ। बैंकले ऋण बिस्तारमा पनि आक्रमक नीति लिएको छैन। १९.८५ प्रतिशतले ऋण बढाएर एक खर्ब ६ अर्ब पुर्याएको छ। निक्षेप साढे १६ प्रतिशतले बढाएर एक खर्ब १४ अर्ब पुर्याएको छ।

राष्ट्र बैंकले अतिरिक्त प्रोभिजनिङ गर्नु पर्ने ब्यवस्थाको असरले नाफा प्रभावित भएको देखिन्छ। प्रोभिजनिङ साढे १९ प्रतिशतले बढेको छ।

बैंकको ऋणको ब्याज दर निक्कै सस्तिएको छ। आधार दर ९.२३ बाट ७.०८ प्रतिशतमा झरेको छ। स्प्रेड दर ३.९४ बाट ३.४२ प्रतिशतमा आएको छ। थोरै स्प्रेडमा काम गरेकाले पनि बैंकको आम्दानी प्रभावित भएको हो।

बैंकको प्रति सेयर आम्दानी १४.४१ रुपैयाँ छ भने पीइ रेसियो २७.४१ गुणा छ।

6715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका