जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोरोना नियन्त्रणका लागि प्रभु बैंकले सरकारलाई फेरि दियो १ करोड ३९ लाख

कोरोना नियन्त्रणका लागि प्रभु बैंकले सरकारलाई फेरि दियो १ करोड ३९ लाख

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषका लागि प्रभु बैंकले सरकारलाई १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई उक्त रकम बराबरको हस्तान्तरण गरेको हो।

बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप प्रभु बैकले उक्त रकम सहयोग गरेको हो।

यसअघि चैत २० गते पनि बैंकले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

6300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका