जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बीमा निर्देशिका-२०७८ खारेजीको माग गर्दै महासंघ र इप्पान आन्दोलित

बीमा निर्देशिका-२०७८ खारेजीको माग गर्दै महासंघ र इप्पान आन्दोलित

ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम खारेजीको माग गर्दै नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आन्दोलन गरेका छन् ।

महासंघ र इप्पानले बिहीबार संयुक्त रुपमा बीमा समितिको कार्यालय कुपण्डोलमा आन्दोलन गरेका हुन् ।

समितिले गत असोज ६ गते ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको थियो । समितिले बीमा निर्देशिका-२०७८ मा त्यसअघि कार्यान्वयनमा रहेको न्यूनतम प्रिमियमभन्दा बढी बनाएर ननट्यारिफ बीमाको न्यूनतम प्रिमियम तोकेको थियो ।

ननट्यारिफ बीमामा कम प्रिमियम लिएर अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि न्यूनतम प्रिमियम तोकिएको समितिले जनाएको छ । तर, उक्त प्रिमियम तोकेसँगै निर्माण व्यवसायी र उर्जा उत्पादन गर्ने व्यवसायीहरूले असहमति जनाउँदै आएका थिए ।

निर्माण व्यवसायी र इप्पानले विगतको दररेटभन्दा ५ देखि ८ गुणा वृद्धि गरेर बढी शुल्क तिर्न बाध्य बनाएको भन्दै विभिन्न चरणमा बीमा समितिसँग छलफल गरेको थियो । तर, समितिले माग सम्बोधन नगरेपछि अन्तिम चरणमा आन्दोलन गर्नुपर्ने बाध्यता भएको महासंघ र इप्पानको भनाइ छ ।

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका