जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नबिल बैंकले परिवर्तन गर्यो साधारण सभाको मिति

नबिल बैंकले परिवर्तन गर्यो साधारण सभाको मिति

नबिल बैंक लिमिटेडले ३९औं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । यस अघि पुस १३ गतेका लागि तय भएको वार्षिक साधारण सभाको मिति पुस १२ गतेका लागि तय भएको हो । 

मङ्सिर १४ गतेको बैंकको सञ्चालक समितिको बैठकले पुस १३ गतेको लागि वार्षिक साधारण सभाको मिति तय गरेको थियो । मङ्सिर १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मिति परिवर्तन गर्दै पुस १२ गते गर्ने निर्णय गरेको हो । सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान १० बजे सुरु हुनेछ । 

सभाले बैंक र बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेण्ट बैंकिङ लिमिटे र नबिल स्टक डिलरको गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई समेत टुङ्ग्याउनेछ । 

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले यस वर्ष २ अर्ब ९७ करोड ६२ लाख ६९ हजार ६४० रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले मङ्सिर २९ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मङ्सिर २८ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सभामा भाग लिन सक्नेछन् ।

685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका