जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रभु लाइफको मुनाफा २८३ प्रतिशतले बृद्धि

प्रभु लाइफको मुनाफा २८३ प्रतिशतले बृद्धि

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २८३ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले गत वर्ष १७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने ४ करोड ४४ लाख रुपैयाँ मात्रै थियो ।

यसै अवधिमा कम्पनीको लगानी कर्जा तथा अन्य आय १७० प्रतिशतले बढेको छ । कम्पनीले २४ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा यस्तो आर्जन ९ करोड तीन लाख रुपैयाँ मात्रै थियो । कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ५ प्रतिशतले घटेको छ भने बीमालेख धितोमा राखेर प्रवाह हुने कर्जा भने ७.९१ गुणाले बढेको छ । बीमितहरुले बीमालेख धितोमा राखेर मात्रै ३७ करोड ४४ लाख रुपैयाँ कर्जा लिएका छन् ।

व्यवस्थापन खर्च भने ३१ प्रतिशतले घटेको छ । कोभिड १९ का कारण मुभमेन्ट कम हुँदा कम्पनीहरुको व्यवस्थापन खर्चमा नियन्त्रण भएको छ ।

कम्पनीले खुद बीमा शुल्क आर्जन २० प्रतिशतले बढाएर एक अर्ब ४० करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा यस्तो आर्जन एक अर्ब १५ करोड रुपैयाँ थियो । त्यस्तै कुल बीमा शुल्क आर्जन पनि २१ प्रतिशतले बढेर एक अर्ब ४५ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

प्रभु लाइफले गत वर्ष ७ करोड ६४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ८० लाख रुपैंयाँ मात्रै थियो । अभिकर्ताहरुले प्राप्त गर्ने कमिसन पनि ३८ प्रतिशतले बढेको छ । अभिकर्ताहरुले २२ करोड २१ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् ।

कम्पनीले प्राथमिक शेयर निष्काशन गरेर चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याएको छ । मुनाफा उल्लेख सुधार सँगै जगेडा कोष पनि १६५ प्रतिशतले बढेको छ । कोषमा ३९ लाख ५३ लाख रुपैयाँ जम्मा भएको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ रहेको प्रभुको प्रतिशेयर नेटवर्थ भने १२१ रुपैयाँ छ ।

2265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?