जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल छाला जुत्ता उत्पादक संघ

नेपाल छाला जुत्ता उत्पादक संघ

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ मिति २०७६ पौष २८ गते देखि माघ ४ गते सम्म नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा काठमाण्डौको भृकुटी मण्डपको प्रर्दशनी स्थलमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुदैछ ।

गत प्रर्दशनीहरुको अवलोकन कर्ताहरुको उत्साह र सहयोगलाई मुल्याकंन गर्दै यस वर्ष पनि सातौँ प्रर्दशनी भव्यताका साथ सम्पन्न गरीदै छ । नेपाल छाला जुत्ता उत्पादक संघमा आवद्ध विभिन्न उद्योगहरुले उत्पादन गरेका जुत्ताहरुमा शत प्रतिशत छालाको प्रयोग भएका छन् ।

नेपालको भौगोलिक स्थिती , नेपाली उपभोत्ताहरुको सरदर आय तथा आम उपभोक्ताहरुको रुचिलाई मध्यनजर गरि उत्पादन गरिएका हाम्रा उत्पादनहरु अत्यन्त आर्कषक र सुलभ मुल्यका रहेका छन् । जुत्ता उत्पादन क्षेत्रमा नेपाल आत्म निर्भर बन्दै गएको परिप्रेक्षमा नेपाल छाला जुत्ता उत्पादक संघमा आवद्ध उद्योगहरुमा नेपाली सिप र श्रमको प्रयोग भएकोले साँचो अर्थमा हाम्रो उत्पादनहरु विशुद्ध नेपाली हुन ।

8675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?