जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंकमा कोरोनाः एनआइसी एशिया बैंक खर्च घटाउने मामिलामा पनि सबैभन्दा अगाडि..?

बैंकमा कोरोनाः एनआइसी एशिया बैंक खर्च घटाउने मामिलामा पनि सबैभन्दा अगाडि..?

एनआइसी एशिया बैंक खर्च घटाउने मामिलामा पनि सबैभन्दा अगाडि देखिएको छ ।
आक्रमकरुपमा शाखा विस्तार गरेर सबैभन्दा धेरै शाखा भएको बैंक बन्न सफल एनआइसी एशियाका लागि अहिले तीनै शाखाहरु धमाधम शाखा बन्द गर्न थालेको छ ।
एनआइसी एशिया बैंकले काठमाडौं महानगरपालिका वडा नंं. १६ मा रहेको आफ्नो शाखा बन्द गर्ने निर्णय गरेको भन्दै घरधनीलाई पत्र लेख्दै जानकारी गराएको छ ।
एनआइसी एशियाका सामान्य प्रशासन, परियोजना विकास तथा मानव संशाधन विभागका प्रमुख कैलाश गौतमले घरधनीलाई पत्र लेख्दै यस्तो जानकारी गराएका हुन् ।
एनआइसी एशिया देशभर ३१९ शाखा कार्यालय, ४५४ एटीएम, १०८ एक्सटेन्सन काउन्टर एवं ६० वटा शाखारहित बैंकिङ बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २१ लाख ग्राहक छन् ।

16140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका