जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शुक्रवार एनएमबि क्यापिटल अन्तर्गतका दुई योजनाको इकाईमूल्य समायोजन

शुक्रवार एनएमबि क्यापिटल अन्तर्गतका दुई योजनाको इकाईमूल्य समायोजन

शुक्रवार एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाको इकाईमूल्य समायोजन भएको छ । क्यापिटलको साउन ३२ गतेको सञ्चालक समितिको बैठकले एनएमबि हाइब्रिड फण्ड एल १ को लागि २० प्रतिशत र एनएमबि फिफ्टीको लागि ३० प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । दुबै योजनाकोे लाभांश प्रयोजनका लागि क्यापिटलले भदौ १८ गते एक दिन बुक क्लोज गरेको छ । 

बुक क्लोजको आधारमा नेप्सेले दुबै योजनको लाभांश पछिको मूल्य तोकेको हो । नेप्सेले एनएमबि हाइब्रिड फण्ड एल १ को बिहीवार कायम अन्तिम इकाई मूल्य रू. १३ दशमलव ८० को आधारमा २० प्रतिशत नगद लाभांश पछिको मूल्य रू. ११ दशमलव ८० तोकेको हो ।

त्यस्तै एनएमबि ५० को बिहीवार कायम अन्तिम इकाई मूल्य रू. १५ दशमलव ५३ को आधारमा ३० प्रतिशत नगद लाभांश पछिको मूल्य रू. १२ दशमलव ५३ तोकेको हो । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म कायम इकाईधनीहरु मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

4960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका