जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कर्जा विस्तारमा आक्रमक बैंकहरुलाई गभर्नरको निर्देशनः गुणस्तरमा ध्यान दिनुस्

कर्जा विस्तारमा आक्रमक बैंकहरुलाई गभर्नरको निर्देशनः गुणस्तरमा ध्यान दिनुस्

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्त कम्पनीलाई कर्जाको गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन् ।

Sanima Bank Ads
बैंकर्सहरुसँगको भर्चुअल छलफलका क्रममा उनले यस्तो निर्देशन दिए । राष्ट्र बैंकले नयाँ बर्ष २०७८ सालको शुभकामना आदन-प्रदान गर्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुसँग मंगलबार भर्चुअल कार्यक्रम आयोजना गरेको थियो ।

सोही कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरुलाई कोभिडपछि छोटो समयमै धेरै कर्जा विस्तार भएको भन्दै गुणस्तरमा ध्यान दिन निर्देशन दिएको छलफलमा सहभागी एक बैंकरले बताए ।

शुभकामना आदन-प्रदान कार्यक्रममा ठुला बैंकका प्रमुख कार्यकारी अधिकृतहरुतर्फ इंकित गर्दै गभर्नर अधिकारीे कर्जा बढाउनु राम्रो भएपनि प्रवाहित कर्जा कुन क्षेत्रमा र कुन शिर्षकमा गएको छ त्यसमा त्यसमा सचेत हुन निर्देशन दिएको बैंकरहरुले जानकारी दिए ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता संकुचन हुँदै गएको र सीसीडी रेसीयोको सीमामा पुनरविचार गरिनु पर्ने बैंकरहरुको भनाइमा गभर्नर अधिकारीले आवश्यकताअनुसार पुनरविचार हुनसक्ने संकेत गरेका थिए ।

सो भर्चुअल शुभकामना आदन प्रदान कार्यक्रममा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, लघुवित्त बैंकर्स संघ र वित्त कम्पनी बैंकर्स संघका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो । साथै, अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुको सहभागिता थियो ।

शुभकाना आदन प्रदानमा सबैभन्दा पहिला नेपाल बैकर्स संघकातर्फबाट भुवन दाहालले आवश्यकताअनुसार सीसीडीको सीमा, सीआरआरको सीमा र पुनरकर्जाको स्प्रेड बढाउन आग्रह गरेका थिए ।

डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युम्न पोखरेलले वाणिज्य बैंक पुग्न बाँकी स्थानीयतहमा समेत विकास बैंकहको उपस्थीति रहेको जानकारी दिँदै सरकारी कारोबार विकास बैंकमार्फत् पनि गर्न पाउने व्यवस्था गर्न भनेका थिए ।

यस्तै, बैंकर्स संघका पुर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगानाले समेत आफ्नो तर्फबाट सम्पुर्ण बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकले गर्नु पर्ने सहजिकरणको बारेमा कुरा राखेका थिए । यसका साथै, ठुला मानिने बैंक नबिल बैंकको तर्फबाट अनिल केशरी शाह, राष्ट्रिय वाणिज्य बैंकबाट किरण कुमार श्रेष्ठ, एनआईएसी एशियाको तफृबाट रोशन न्यौपाने लगायत सिभिल बैंक र नेपाल एसबीआइ बैंकका प्रमुखले पनि आफ्नो भनाइ राखेका थिए ।

राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरद्वय बम बहादुर मिश्र र डा. निलम ढुंगााना, प्रवक्ता देव कुमार ढकाल र सह-प्रवत्ता नारायण प्रसाद प्रोखरेल सहित अन्य कार्यकारी निर्देशकहरुको सभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।

6550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका