जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सिन्धु विकास बैंकको १२ औं वार्षिक उत्सव

सिन्धु विकास बैंकको १२ औं वार्षिक उत्सव

सिन्धु विकास बैंक लिमिटेडले संचालनको ११ वर्ष पुरा गरी १२औं वार्षिकमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्स बैंकको कर्पोरेट कार्यालय, बनेपा, काभ्रेमा बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । 

यस उपलक्ष्यमा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा बजार नजिक रहेको श्री चण्डेश्वरी भगवती मन्दीर तथा धनेश्वर शिवालयमा केही थान डस्टबिनहरु वितरण गर्नुका साथै बैंकले भदौ २५ गते शुक्रवारका दिन जिल्ला रेडक्रस कार्यालय, काभ्रेको सहयोगमा बैंकको कर्पोरेट कार्यालय, बनेपामा खुला रक्तदान कार्यक्रमको आयोजना समेत गरेको जानकारी दिएको छ । 

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, डेबिट कार्ड, एटिएम लगायत सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

6555
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका