जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपालमा यामाहाको रे जेड आर १२५ एफआई सार्वजनिक

नेपालमा यामाहाको रे जेड आर १२५ एफआई सार्वजनिक

नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले शहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नवीन प्रविधिसँग जोडेर बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिडको अनावरण गरेको छ ।

मनमोहक ‘मेट कपर’ र ‘स्पार्कल ग्रीन’ रङ्गहरूमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड ‘मोटरसाइकल-स्कुटर इभोलुसन’को अवधारणासँग मेल खान्छ । यसको बडीमा थपिएको स्टायलिस मेटल प्लेट, ब्रस गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले यसलाई अझै भव्य बनाउँछ ।

कम्पनीका अनुसार रे जेड आर १२५ स्ट्रिट र्‍याली एफआई हाइब्रिड बलियो एयर कुल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लू कोर इन्जिनद्वारा सञ्चालित छ जसले दक्षता र रोमाञ्चक सवारीका लागि नयाँ मानक स्थापना गर्दछ । यस स्कुटरलाई यसको ग्राउन्ड ब्रेकिंग ‘स्वचालित स्टप र स्टार्ट प्रणाली’ले अरुभन्दा फरक बनाउँछ जो इन्जिन निष्क्रिय हुनबाट जोगाउन बुद्धिमानीपूर्वक बनाइएको हो।

कम्पनीका अनुसार यसले इन्धनको उत्सर्जन घटाउँछ र त्यसको दक्षतालाई बढाउँछ। एकल थ्रोटल ट्विस्टको साथ निर्बाध रूपमा रि-स्टार्ट गर्दै यो प्रणालीले सवारी वातावरणको मूल्यांकन गर्न उन्नत सेन्सरहरू प्रयोग गरी राइडरहरूलाई प्रदूषणरहित र प्रभावकारी यात्रा प्रदान गर्दछ ।

नयाँपनमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) पनि थपिएको छ जसले एक बेग्लै पारम्परिक इलेक्ट्रिक स्टार्टर विना नै शान्त तरिकाले इन्जिन सुरु गर्न सक्छ । एक स्कुटर मात्र नभएर रे जेड आर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड यामाहाको पर्फर्मेन्समा कुनै सम्झौता नगरी दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण भएको कम्पनीको भनाइ छ ।

नवीन सुविधाहरूले भरिएको यसमा उत्कृष्ट एलईडी हेडलाइट, प्रभावशाली एलईडी पोजिसन लाइटहरू र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन् ।

1205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका