जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल-बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ । 

महासंघले मंगलबार काठमाडौंस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ुबेलायत भिसा र अध्यागमनु विषयक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले काठमाडौं स्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए । 

‘बेलायती भिसा हाल नेपालबाट प्रत्यक्ष उपलब्ध छैन, जसका कारण यहाँका भिसा आवेदकहरुलाई धेरै कठिनाईहरु र समस्याहरुको सामना गर्नु परिरहेको छ, ‘वरिष्ठ उपाध्यक्ष ढकालले भने,‘यसरी हामी सरोकारवााबीचको छलफलमा यो व्यवस्थाबाट उत्पन्न समस्यासँगै समाधानको खोजी हुनेछ भन्ने मेरो विश्वास छ र नेपाली आवेदकहरुका लागि पक्कै पनि सहज र सरल रूपमा भिसा उपलब्ध हुनेछ ।’

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए। नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उनको भनाइ छ । सो अवसरमा ढकालले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क पेश गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायततर्फ निकासीको हिस्सा १।७ प्रतिशत मात्र छ भने आयातमा बेलायतको हिस्सा ०।१६ प्रतिशत मात्र रहेको जानकारी दिए । 

नेपाल र बेलायतबीच रहेको दुई शताब्दी पुरानो द्विपक्षीय सम्बन्धलाई अबको दिनमा निजी क्षेत्रमार्फत उचाइमा पुर्याउन सकिने उनको विश्वास छ । नेपाल र बेलायतबीच निजी क्षेत्रको सहयोगको माध्यमबाट बलियो आर्थिक र व्यापार सम्बन्ध रहेको स्मरण गराउँदै उनले यसका लागि महासंघसहित नेपाल–बेलायत उद्योग वाणिज्य संघले काम गरिरहेको जानकारी दिए ।

4635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका