जोडिनुहोस
बिहिबार, पुस ११, २०८१
बिहिबार, पुस ११, २०८१
  • होमपेज
  • बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु असन र रुपन्देहीबाट पक्राउ

बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु असन र रुपन्देहीबाट पक्राउ

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रवादीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्‍ने ४८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं महानगरपालिका- २९ असन बस्‍ने ३६ वर्षीय बिनम श्रेष्ठ रहेका छन् ।

प्रकाशलाई रुपन्देहीबाट र बिनमलाई काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकको चेक काटेर दिएका थिए ।

दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकका बिभिन्न रकमका चेकहरु आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।

पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्‍यूरोले जनाएको छ ।

3110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?