जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • निरजलाई पाखा लगाउदै यसरी भए जनक पौडेल सनराईज बैंकको सीइओ

निरजलाई पाखा लगाउदै यसरी भए जनक पौडेल सनराईज बैंकको सीइओ

भूपेन्द्र आचार्य । आफ्नै साथीको पदलाई विवादमा ल्याएर आफू सीइओ बन्ने नाम हो जनक शर्मा पौडेल । सनराईज बैंक लिमिटेडको संचालक समितिको बैठकले निरज श्रेष्ठलाई ४ वर्षको लागि सीइओ बनाए पछि उनीलाई संचालक शैलेन्द्र गुरागाई मार्फत विवादमा तानी रातारात शुक्रवार नै सनराईज बैंकको सीइओमा बाजी मारेका छन् । जनक शर्मा पौडेलले भन्दा अचम्म लाग्ला तर यो सत्य हो ।

बैंकमा विवाद भए पनि आफू काम गर्न नसक्ने पत्र निरज श्रेष्ठले अध्यक्ष मोतीलाई दुगडलाई बुझाएपछि २७ गते दिउँसो बसेको सनराईज बैंकको संचालक समितिको बैंठकले ग्लोबल बैंकबाट हटाईएका जनक शर्मा पौडेललाई सीइओ नियुक्त गरेको छ । बैंकले सो निर्णय सार्वजनिक भने गरेको छैन । किनभने जनक शर्मा पौडेलको कुलिङ्ग पिरिएड (समय) साउन ८ गते मात्रै सकिदै छ । गर्भनर साब के समय नसकिदै सीइओ नियुक्त गर्न पाइन्छ । यो प्रश्नको उत्तर अब गर्भनरले दिनै पर्दछ कि पर्दैन ।

सनराईज बैंकका एक संचालकले दिएको जानकारी अनुसार शुक्रवारको बैठकमा मालचन्द्र दुगड र शैलेन्द्र गुरागाईको समर्थन र प्राप्ताबकमा जनक शर्मा पौडेललाई सीइओ नियुक्त गरिएको छ । विगत २ महिनादेखि सीइओको दौडमा रहेको जनक शर्मा पौडेलले आफू सीइओ बन्न अर्थमन्त्री डा.युवराज खतिवडा मार्फत राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामण्ी सिवाकोटीलाई पटक÷पटक फोन गरि दबाब दिएका थिएका थिए यति नभएर अर्थमन्त्रीका छोरालाई समेत सनराईज बैंकका अध्यक्षलाई फोन गर्न लगाई सीइओ बन्न सफल भएका छन् ।

सनराईज बैंकका तत्कालीन सीइओ रत्नराज्य बज्रचार्यले शैलेन्द्र गुरागाईकका दाजुलाई सनराईज बैंकको पैसामा १५ दिने तालिकका लागि बैक छोड्नु भन्दा ७ दिन अगाडि विदेश तालिमको लागि पठाएको बैंकको उच्च स्रोतले बतायो । रत्नराज्य बज्रचार्य अर्थमन्त्री डा. युवराज खतिवडा र डिपुटी गर्मनर चिन्तामणी सिवाकोटीको चर्को दवावका कारण हामी वाध्य भएर जनकलाई सीइओ बनाउन तयार भएका हौं । सनराईज बैंकका एक संचालकले बताए ।

आफ्नै साथी निरज श्रेष्ठलाई बैंक जाने बाटो बन्द गराएर रातारात संचालक शैलेन्द्र गुरागाईलाई विभिन्न प्रोलोभन देखाई सनराईज बैंकको सीइओ बनेको जनक शर्मा पौडेल ग्लोबल आईएमई बैंक चलाउन नसकेर चन्द्र ढकालले हटाएका असक्षम बैंकर हुन् । उनीका कारण फेरि सनराईज बैंक तहसनहस हुने निश्चित देखिन्छ ।

बाग्लुममा जन्मिएका जनक शर्माले १ दर्शक ग्लोबल आइएमई बैंकमा काम गर्दा कुनै पनि सीइओलाई पूरा अवधी काम गर्ने वातावरण बन्न नदिएको एक बैंकरले बताए । काम भन्दा बढि राजजीति गर्ने बैंकिङ नम्सलाई गलहत्याउने र बोर्ड देखि पीएनसम्मलाई कुरा लगाउने बानी परेका शर्माले सनराईज बैंक कसरी हाँक्ने हुन त्यो हेर्न बाँकी नै छ । सचेत भया ।

17570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?