जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कामना सेवाका ग्राहकलाई पीसीआर परिक्षणमा विशेष छुट

कामना सेवाका ग्राहकलाई पीसीआर परिक्षणमा विशेष छुट

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको यस विषम परिस्थितिलाई मध्यनजर गर्दै कामना सेवाका ग्राहकलाई पि. सि.आर परिक्षणमा विशेष छुट ब्यवस्था ल्याएकाे छ ।

बैंकका ग्राहकहरुलाई  थप सहयोग पुगोस भन्ने मनसायका साथ कामना सेवा विकास बैंक लि.ले सूरिया हेल्थ केयर प्रा. लि. संगको सहकार्यमा विशेष छुटका साथ सहुलियत दरमा पी. सी.आर परिक्षणको सुविधा उपलब्ध गराउने  भएको छ ।

बैंक र हेल्थ केयरको यस सहमति अनुरुप अब कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले सूरिया हेल्थ केयरमा कोरोना संक्रमण सम्बन्धी गरिने पि. सि.आर परिक्षण गर्दा १५ प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछ ।

यस सहमति अनुसार  ग्राहक महानुभावहरुले आर्थिक  सहुलियत सहित सहज रुपमा कोरोना परिक्षण गरी लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ ।

“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ उत्कृष्ट बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले   देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

9920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?