जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सानिमा लाइफद्धारा दुई मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

सानिमा लाइफद्धारा दुई मृतकका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दुई मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले कोरोनाका कारण मृत्यु भएका एक र आत्महत्या गरेर मृत्यु भएका एक जना गरी दुई जनालाई मृत्यु दाबि भुक्तानी गरेको हो ।

कम्पनीको इलाम शाखाले कोरानाले मृत्यु भएका इलाम नगरपालिकाका मनिषा तामाङ र आत्महत्या गरेर मृत्यु भएका इलाम नगरपालिकाकै कपिल मल्लिको परिवारलाई मृत्यु दाबि भुक्तानी गरेको हो ।

कम्पनीको उक्त शाखाले मृतक कपिल मल्लिकका श्रीमती रञ्जु डोमलाई ४२ हजार ६ सय ६६ रुपैंयाँ २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो भने मनिषा तामाङका श्रीमान कुमार तामाङ्गलाई २० लाख ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

उक्त रकम बराबरको चेक जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनि बर्देवाले हस्तान्तरण गरेका हुन् ।

सोही कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख बरालले मानिसको भौतिक शरिर नभएपनि यस बिमा बापत प्राप्त रकमले भौतिक क्षती कम गर्न नसकेपनि यसले परिवारको आर्थिक भार माथिको भार कम गर्न राहात मिल्ने बताए ।

4115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका