जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज बैंकमा तलब खाता हुनेले १५ लाखसम्म ऋण पाउने, पाँच वर्षमा तिर्न मिल्ने

सनराइज बैंकमा तलब खाता हुनेले १५ लाखसम्म ऋण पाउने, पाँच वर्षमा तिर्न मिल्ने

सनराइज बैंकले विभिन्न कम्पनी तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गर्दै सनराइज पेरोल लोन योजना ल्याएको छ। योजना अनुसार आफ्नो बैंकमा तलबी खाता भएका ग्राहकलाई विना धितो १५ लाख रुपैयाँसम्म कर्जा दिइनेछ।

योजना अनुसार ग्राहकले अधिकतम २४ महिनाको अथवा पाँच लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको टर्म लोन दिने बैंकले जनाएको छ। कर्जा लिन ग्राहक कुनै संस्थाको कर्मचारी हुनुपर्नेछ।

कर्जा पाँच वर्षसम्मका लागि दिइने बैंकले जनाएको छ। बैंकले १४औं वार्षिक उत्सव र दसैंको अवसर पारेर मुद्धति खातामा सर्वाधिक १० दशमलब ०७ प्रतिशत ब्याज दिने योजना समेत ल्याएको छ।

8115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका