जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जीवन बीमा कम्पनीले ३ महिनामा गरे ५ खर्ब लगानी

जीवन बीमा कम्पनीले ३ महिनामा गरे ५ खर्ब लगानी

जीवन बीमा कम्पनीहरुले ३ महिनामा करिब ५ खर्ब रुपैयाँ लगानी गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीहरुले ४ खर्ब ९७ अर्ब ७२ करोड २७ लाख रुपैयाँ लगानी गरेका गरेका हुन् ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले गरेको यो लगानी गत वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले जम्मा ३ खर्ब ८८ अर्ब ९५ करोड १८ लाख रुपैयाँ लगानी गरेका थिए।

आम्दानी तथा मुनाफामा प्रायः सार्वाधिक अगाडी हुने नेपाल लाइफ इन्स्योरेन्स लगानी रकमको आधारमा पनि अग्र स्थानमा देखिएको छ। कम्पनीले यस अवधिमा १ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले ७८ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको छ। तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले ४९ अर्ब १८ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ ।

सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानले ४१ अर्ब ७० करोड रुपैयाँ लगानी गर्दा नेशनल लाइफले ३१ अर्ब ५२ करोड, मेट लाइफले २४ अर्ब ४४ करोड, प्राइम लाइफले १९ अर्ब ९३ करोड, यूनियन लाइफले १३ अर्ब ३८ करोड र गुराँस लाइफले ११ अर्ब ८३ करोड रुपैयाँ लगानी गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले ९ अर्ब ८७ करोड, ज्योति लाइफले ९ अर्ब ५७ करोड, रिलायबल लाइफले ८ अर्ब ८० करोड, आईएमई लाइफले ६ अर्ब ३५ करोड, रिलायन्स लाइफले ६ अर्ब २६ करोड र सन नेपाल लाइफले ६ अर्ब १४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन्।

प्रभु लाइफले ५ अर्ब ७१ करोड, सानिमा लाइफले ५ अर्ब ६० करोड र महालक्ष्मी लाइफ इन्स्योरेन्सले ४ अर्ब ४४ करोड रुपैयाँ लगानी गरेको देखिन्छ।

निक्षेपमै केन्द्रित लगानी

प्राधिकरणद्वारा उपलब्ध तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले अत्याधिक लगानी निक्षेपमा नै गरेका छन् । त्यसमा पनि वाणिज्य बैंकको मुद्दति निक्षेपमा बढी देखिएको छ ।

कुल लगानीको ७७.२० प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ ।

जीवन बीमा कम्पनीहरूले कुल लगानीमध्ये ६७.३९ प्रतिशतले हुन आउने ३ खर्ब ३५ अर्ब ३९ करोड ७६ लख रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन्।

विकास बैंकहरुको मुद्दती निक्षेपमा बीमा कम्पनीहरुले ४३ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका छन्। यो रकम कुल लगानीको ८.६७ प्रतिशत हो।

त्यस्तै फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा १.१० प्रतिशत अर्थात ५ अर्ब ४७ करोड र नेपाल पूर्वाधार विकास बैंकको निक्षेपमा ०.०५ प्रतिशत अर्थात २५ करोड लगानी गरेका छन्।

यसैगरी, कृषि तथा पर्यटन क्षेत्रमा ७ अर्ब १९ करोड २५ लाख रूपैयाँ र घरजग्गामा ३६ करोड २४ लाख रुपैयाँ लगानी गरेका छन्।

निर्देशिकाअनुसार जीवन बीमा कम्पनीहरुले नेपाल सरकारका बचपत्रमा न्यूनतम ५ प्रतिशत, क वर्गका वाणिज्य बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढीमा ५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा २० प्रतिशत, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढीमा २० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

यस्तै, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढीमा २० प्रतिशत लगानी गर्न बाटो पनि निर्देशिकाले खोलिदिएको छ ।

जीवन बीमा कम्पनीहरुले म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत, ख वर्गमन बैंकहरुको मुद्दती निक्षेपमा बढीमा २० प्रतिशत र ग वर्गका फाइनान्स कम्पनीहरुको मुद्दती निक्षेपमा बढीमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था पनि निर्देशिकामा छ ।

1665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका