जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल इन्स्योरेन्सको लाभांश पारित

नेपाल इन्स्योरेन्सको लाभांश पारित

नेपाल इन्स्योरेन्स कम्पनीले प्रस्तावित लाभांश पारित गरेको छ । कम्पनीले शुक्रबार ७१ औं वार्षिक साधारण सभा गरि लाभांश पारित गरेको हो । कोरोना संक्रमणका विच विशेष सुरक्षा अपनाएर कम्पनीले आफ्नै पुरानो भवन कमलादी, काठमाडौंमा सभा सम्पन्न गरेको हो । यस अघि चैत २१ गतेका लागि तय भएको यो सभा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो ।
कम्पनीले सभा मार्फत प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश पारित गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँको आधारमा लाभांश दिएको हो । ५ प्रतिशत बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।

बोनस पश्चात कम्पनीको चुक्तापूँजी बढ्ने भएकाले सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ । यस कम्पनीले सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने योजना बनाई सभा मार्फत उक्त योजना कम्पनीको प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत ४ गतेदेखि बुक क्लोज गरेकाले त्यस दिनभन्दा अघिल्लो शेयर कारोबारमा कायम शेयरधनीहरु मात्र लाभांश पाउन योग्य भएका छन् ।

5435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका