जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनसेलले ल्यायो ज्येष्ठ नागरिकलक्षित निःशुल्क सिमसहितको विशेष योजना

एनसेलले ल्यायो ज्येष्ठ नागरिकलक्षित निःशुल्क सिमसहितको विशेष योजना

एनसेलले ज्येष्ठ नागरिकलक्षित बन्डल अफरसहितको निःशुल्क सिम योजना ल्याएको छ। एनसेल आजियाटा लिमिटेडका अनुसार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसर पारेर शुक्रबारदेखि यो अफर ल्याइएको हो।

 ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको  सिम निःशुल्क पाउन सक्छन्। साथै ५० रुपैयाँ वा सोभन्दा बढिको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाइने सेवा सुविधाहरुको फाइदा लिन सक्छन्।

यो योजना अन्तर्गत पहिलो रु५० वा सोभन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १००एमबी डेटा र १००वटा अननेट एसएमएस बोनस पाउँछन्। त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुटसहितको शुल्कमा भ्वाइस, डेटा र भारत कलसेवा लिन सक्छन्। ग्राहकले विशेष छुटअन्तर्गत रु१ प्रतिमिनेटमा भ्वाइस सेवा, रु१ प्रतिएमबीमा डेटा सेवा र रु१.९९ प्रतिमिनेटमा भारतमा कल गर्न सक्छन्।

यसका साथै यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा छ। रु५० देखि रु९९ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समयसीमा रहेको २०० एमबी डेटा बोनसस्वरुप प्राप्त गर्दछन्। त्यस्तै रु१०० देखि रु१९९ सम्म रिचार्ज गर्ने ग्राहकले बोनसबापत ५०० एमबीडेटा पाउँछन्। रु२०० वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले १जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन्। बोनसमा पाइने यी डेटाहरु ७ दिनको लागि मान्य रहन्छ।

ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिमकार्ड लिई सेवासुविधाको लाभ लिन सक्छन्। यो योजना असोज २२ गतेसम्म संचालनमा रहने छ।

यस योजनाले ज्येष्ठ नागरिकहरुलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरुसँग डेटाको माध्यमबाट डिजिटल्टी सम्पर्कमा रहिरहन पनि सहयोग पुर्‍याउने विश्वास लिएको एनसेलले जनाएको छ।

4300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका