जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कर्णाली बैंकका बचतकर्ताद्वारा माइतीघरमा प्रदर्शन

कर्णाली बैंकका बचतकर्ताद्वारा माइतीघरमा प्रदर्शन

कर्णाली डेभलपमेन्ट बैंकमा जम्मा गरेको निक्षेप लामो समयदेखि फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। सम्बन्धित निकायले आफूहरूको गुनासोको कुनै सुनुवाइ नगरेको भन्दै उनीहरू काठमाडौँ आएर आन्दोलनमा उत्रिएका हुन्।

बाँके, बर्दिया र दाङ जिल्लामा रहेका बैंकका १९ वटा शाखा कार्यालयका पीडित बचतकर्ताहरू सोमबार काठमाडौँमा भेला भएर सडक प्रदर्शन गरेका हुन्। बैंकमा भएको अनियमितताका कारण आफ्नो वर्षौँको पसिनाको कमाइ जोखिममा परेको उनीहरूले बताएका छन्।

प्रदर्शनका क्रममा उनीहरूले ‘कर्णाली बैंक घोटालाका दोषीहरूलाई कारबाही गर’, ‘संस्थाहरूको बचत फिर्ता गर’, र ‘जनताको निक्षेप तुरुन्त फिर्ता गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। पीडितहरूले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आफ्नो सम्पूर्ण रकम तत्काल फिर्ता हुने सुनिश्चितता गर्न जोडदार माग गरेका छन्।

165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?