जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • अशोक लेलैण्डका गाडी बिक्री गर्ने आइमइ मोटर्सले दुई नयाँ शाखा खोल्यो, बिक्रीपछिको सेवामा ध्यान

अशोक लेलैण्डका गाडी बिक्री गर्ने आइमइ मोटर्सले दुई नयाँ शाखा खोल्यो, बिक्रीपछिको सेवामा ध्यान

आइएमई ग्रुपअन्र्तगत संचालित आइएमई मोटर्स प्रालिले २ वटा शाखा बिस्तार गरेको छ। कम्पनीले जितपुर बारास्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेटअप शाखा खोलेको हो।

सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्डका गाडीहरुको सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ। 

दुई वटै शाखाको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका साथै भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोयले गरेका छन्। 

अध्यक्ष ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिए। अशोक लेलैण्ड गाडीहरुमा बिक्रीपछिको सेवाको लागि जस्तोसुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने उनले बताए। 

7400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?