जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोरोना भाईरसले बीमाको महत्व बढेको छ, यो विशम अवस्थामा कसैले पनि ठूलो आर्थिक अपेक्षा नराखौं

अन्तरवार्ता

कोरोना भाईरसले बीमाको महत्व बढेको छ, यो विशम अवस्थामा कसैले पनि ठूलो आर्थिक अपेक्षा नराखौं

मनोजकुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत, प्राइम लाइफ इस्योरेन्स कम्पनी लिमिटेड

कोरोना भाईरसले बीमाको महत्व बढेको छ, यो विशम अवस्थामा कसैले पनि ठूलो आर्थिक अपेक्षा नराखौं

मनोज कुमार भट्टराई चिनाई राख्नु पर्ने नाम पटक्कै होइन । नेपालको बीमा क्षेत्रमा भट्टराई अग्रह स्थानमा आउने नाम हो । करिब ३ दर्शक बीमा र बैकिङ्ग क्षेत्रमा बिताएका भट्टराई सालिन स्वभाव र सोच विचार गरेर निर्णय गर्ने सीइओहरुको सूचि भित्र पर्ने नाम हो । अत्यन्तै भद्रभलादमी र बीमा विज्ञका रुपमा भट्टराईलाई बीमा बजारले हेर्दै आएको छ ।

तत्कालिन औद्योगिक विकास निगममा २० वर्ष बिताएका मनोजकुमार भट्टराईले ग्राण्ड बैंकको डेपुटी सिइओका रूपमा तीन वर्ष र नेपाल लाइफ इस्योरेन्समा सिइओका रूपमा एक कार्यकाल बिताए । त्यसपछि डिएफआइडी, युनएनडिपीमा काम गरेका उनी विगत पाँच वर्षदेखि प्राइम लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको सिइओको रूपमा कार्यरत छन् । त्रिविबाट एमबीए उर्तिण गरेका नेपाल लाईफ इन्स्योरेन्स, ग्रान्ड बैंक हुँदै २०७१ सालदेखि प्राईम लाईफ लाइफ इस्योरेन्स कम्पनी लिमिटेडकोे प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका मनोज कुमार भट्टराईले बीमा क्षेत्रमा करिब दुई दर्शक बिताइसकेका छन् । मनोज कुमार भट्टराइले बैंक तथा बीमा क्षेत्र दुबैलाई नजिकबाट बुझेका छन् ।
नेपाल अहिले कोरोना भाईरसका कारण लकडाउनमा छ । सबै नेपाली घर भित्रै छन् । यस्तो अवस्थामा बीमा कम्पनीहरुले कसरी सेवा दिएका छन् । अब बीमाका चुनौती र अवसर के कस्ता छन् ? बीमा कम्पनीहरुले शुरु गरेको कोरोना बीमा कस्तो हो । यी र यस्तै बिषयमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सीइओ मनोज कुमार भट्टराईसंग आर्थिक बजार न्यूज डटकमका सम्पादक भूपेन्द्र आचार्यसंग गरेको कुराकानीः

० प्राइम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यो लकडाउनको अवस्थमा कस्तो सेवा दिएको छ सीइओ साब ?
हामीले गत पुस १ गतेबाटै अनलाईन बीमाको सेवा शुरु गरेका थियौ । यस अन्तर्गत बीमकले ५ लाखसम्मको बीमा घरबाटै अनलाईन मार्फत गर्न सक्दछन् । यो भईरहेका अवस्था छ । यसमा स्वास्थ्यको एउटा डकुमेन्ट र केही कागजपत्र दिएपछि खल्ती एपबाटै पैसा तिरी बीमा गर्न सकिनेछ । यस बाहेक रेगुलर काम गरेका पनि छौं । दाबी भुक्तानी र कर्जाका काम लकडाउनमा भएमा छन् । २ जना मन्जील अधिकारी र राजन अधिकारीले कार्यालय पुगेर यस्तो काम गरेका छन् ।

० कोरोना भाईरसको रोगथामका लागि नेपाली घर भित्रै छन् । नेपाल लकडाउनमा छ यो बेला काम गर्ने कर्मचारीको सुरक्षाबारे कति सचेत रहनु भएको छ त ?
हामीले कर्मचारी र गार्डहरुको सुरक्षाका लागि रोगथामका सबै साधन दिएका छौं । अर्को कुरा अफिस सञ्चालन गर्न पास १÷२ वटा मात्रै दिएको छ । यसले सेवा दिन कठिन बन्दै गएको छ । तरपनि हामीले सेवा दिएका चाही छौं । अर्को पक्ष मान्छे घरमै छन् । त्यसकारण घरबाटै डिजिटल प्रविधिको प्रयोग गरि बीमा भएका छन् नि ।

० यो लकडाउनको विशम परिस्थितिमा बीमा लेख चाही कति भएको छ नि ?
अत्यन्तै कम मात्रामा भएका छन् । डिजिटल बीमा केही भएका छन् । ५ लाख सम्मको डिजिटल बीमा हाम्रो कम्पनीले अनलाईनबाटै गर्ने व्यवस्था मिलाएके छ । प्रस्टै भन्नुपर्दा अत्यन्तै कम छ । मान्छे आफ्नो स्वास्थ्य सुरक्षानै लागेको अवस्था छ नि ।

० कोरोना बीमा जीवनमा नै बीमा कम्पनीहरुले चाही किन नगर्ने, प्रस्ट पारिदिनु होस्न ?
रोग र दुर्घटना सम्बन्धीको बीमा निजीवन कम्पनीहरुले नै गर्ने हो । जीवन बीमा कम्पनीले रोग र स्वास्थ्य बीमा गर्दैनन् । हामीले मृत्युको जीवन बीमा गरेका हुन्छौं । यो कोरोना बीमा औषधी उपचार र आश्रीत परिवारलाई राहत बीमा हो । यसले पुलको काम निजीवन बीमा कम्पनीहरुले गरेका छन् यो अत्यन्तै राम्रो पक्ष मानिएको छ । अर्को कुरा सबै २० निजीवन बीमा कम्पनी र १ पुर्न बीमा कम्पनीलाई कोरोना बीमाको जिम्मा दिएका कारण प्रतिस्पर्धा नै छैन सबैको सहभागीता उत्साहजनक देखिन्छ नि ।

० सीइओ सात्र यो कोरोना भाईरस रोगथामका लागि भएको लकडाउनको पाठ चाहि के हुन सक्दछ त ?
पहिलो कुरा स्वास्थ्य कै हुन्छ । अब नम्स डाक्टर देखि अस्पतालका पूर्वधारका लागि राज्य लाग्नु पर्ने देखिन्छ । र यस्तै जोखिम बहन गरेर काम गरेका सुरक्षाकर्मी, डाक्टर, नर्स, पत्रकारलाई राज्यले सुरक्षा र सुविधा बढाउन जरुरी देखिन्छ । अर्को पक्ष बीमा स्वास्थ्यका लागि अनिवार्य रहेछ भन्ने सन्देश चाही दिएके छ । बीमा गरौ आर्थिक रुपमा सुरक्षीत रहौं । विश्व नै यो रोगबाट रोहिरहेको बेला नेपालमा पनि कोरोनाका केही संकेत आएको छ । त्यसकारण बीमा गरौं । जीवन सुरक्षीत गरौं ।

० तपाई बैंकमा लामो समय काम गरेको मान्छे बीमा बजारलाई पनि नजिकबाट चिनेको मान्छे मलाई भनिदिनुहोस यो कोरोना भाईरसले अर्थतन्त्रमा कस्तो असर गर्ला त ?
अहिले नै यस्तो गर्दछ भन्ने त सकिदैन ३०÷३५ दिन देखि उद्योग धन्दा बन्द छन् । उत्पादन सबै रोकिएको छ । फिक्स खर्च रोकिएको छैन । खर्च छ, आम्दानी छैन । यसको बारे नेपाल राष्ट्र बैंक्ले तथ्य निकाली बैंकहरुमा थप राहत ल्याउनु पर्दछ । बैंकहरुले डिपोजिटकर्तालाई ब्याज दिएका छन् । कर्जा उठेका छैन । असारसम्म किस्त हाल्न छुट छ । १० प्रतिशत छुट पनि छ । ठूलो नोक्सानी बैंकहरुमा परेपछि अर्थतन्त्र कसरी चलायमान हुन्छ । । अर्थतन्त्रको मुटु नै बैंक र वित्तिय क्षेत्र हुन् । देशको पर्यटन व्यवसाय ठप्प छ । रेमिटेन्स घटेको छ । धेरै कुरा छ, यसले अर्थतन्त्रमा कति असर गर्ला त्यो चाही हेर्न बाँकी छ तर पनि यसपछिका दिनमा केही होला । हामीले सोसल डिस्टेन्स कायम गर्दै सामाजिक र व्यवहारिक रुपमा सामान्य जीवन तर्फ आउनु पर्दछ । फेरि काममा फर्कनै पर्दछ । त्यसपछिको अवस्थाले पनि केही कुरा बताउला अहिले धेरै विश्लेषण गर्न गाह्रो छ नि । बीमा कम्पनीहरुको कुरा गर्ने हो भने बीमा चैत्र र वैशाख अलिक बढि हुने सीजन हो । अहिले ठप्प नै छ । व्यवसाय यसले बीमामा पनि ठूलो असर देखिन्छ । महामारीका कारण हामीले केही कुरा छुट पनि दिनु पर्ने अवस्था छ नि ।

० तपाईले बैंक र बीमा कम्पनीहरुले लाभाशं बाडन सक्दैनन भन्न खोज्नु भएको हो त ?
नाफा र नोक्सान अहिलेलाई गुण कुरा हो । ती पछाडीका कुरा हुन् । मुल कुरा जीउनु र जीवन बचाउदै देश जनता परिवारलाई सुरक्षीत गर्नुनै हो । केही कम होला बोनस लाभाशं पछि फेरि बनाउन अहिले साच्चै भन्नु पर्दा यो बिशम परिस्थितिमा ठूलो आर्थिक अपेक्षा राख्नु गलत हुने छ । समय र परिस्थिति अनुसार सबै चल्नु पर्दछ । समय बलवान छ । जीवन रहे नाफा, घाटाका कुरा त छदैछ नि भूपेन्द्रजी ।

० जीवन बीमा कम्पनीहरुले कोरोना बिरुद्ध लड्न राज्यद्वारा गठित कोषमा चाहि कति जति सहयोग गरेका छन् त सीइओ साब ?
हामीले सबैले जीवन बीमा कम्पनीहरुले केन्द्रिय कोषमा केही दिएका छौं । ७ लाख पचास हजारका दरले १३÷१४ वटा जीवन बीमा कम्पनीले करिब ४ करोड जति राज्य कोषमा जम्मा गरेका छन् । हामी पनि यहि समाजका मान्छे समाजलाई बीपत पर्दा अप्ठ्यारो पर्दा हामीले सहयोग नगरे कसले गर्दछ त । समाज रहे नै व्यवसाय रहने हो नि भूपेन्द्रजी ।

० विदेशमा रहेका लाखौ नेपाली र घर पुगेका नेपालीहरुले अब चाही के गर्नुपर्ला ?
बैदेशिक रोगगारीमा विदेश पुगेका नेपालीहरु आत्तीहाल्नु पर्ने म देख्दिन । कोरोना भाईरस अमेरिका र यूरोपमा बढि छ । जहाँ हाम्रो नेपाली छन् । त्यहाँ कम नै छ । मलेसिया र खाडी मुलुकमा आर्थिक गतिविधि चलेकै छन् । कहि कम होला तर फेरि पनि त यी देशमा जनशक्ति त चहिन्छ नि । म उहाँहरुलाई सुरक्षीत रहन र नआत्तिन आग्रह गर्दछु । अर्को पक्ष गाउँ पुगेका लाखौ हाम्रा नेपाली दाजुभाइहरुले चाही आफ्ना भएका बाझा जमिनलाई हरियाली बनाउनु पर्दछ । जीवनलाई सहजीकरण गर्दै सामाजिक दुरी कायम गर्दै कृषिको काम यो बेला गर्नु पर्दछ । राज्यले कृषि बीमा, पशु बीमा गरेको अवस्थामा पनि छ । फेरि सामान्य जीवन भएपछि त काममा फर्किन पर्दछ नि ।

० कृषिमा उत्पादन बढाउनु चाही के के गरिनु पर्दछ ?
भूपेन्द्रजी नेपाल कृषि प्रधान देश हो । ६० प्रतिशत भन्दा बढि जनसख्या कृषिमा नै छन् । अब आधुनिक कृषितर्फ लाग्नु पर्दछ । राज्यले पनि यस्ता सहज किसिमका कानुन ल्याउनु पर्दछ । माटो अनुसार सुहाउने खेती पनि गर्नु पर्दछ । राज्यले कृषिमा अनुदान दिएको छ । बीमा छ कृषि र पशुमा पनि त्यसकारण अब आत्मनिर्भर बन्दै कृषि व्यवसायमा फड्को मार्नु पर्दछ नि ।

० सीइओ साब वास्तविक बीमा भनेको के हो ?
बीमाको एउटा प्रमुख उदेश्य छ । बीमाको प्रमुख सिद्दान्त नै के हो भने ‘रिस्क कभर’ गर्ने हो । आफ्नो आर्थिक क्षमताले भ्याएसम्मको बीमा गर्ने हो । बीमाको सिद्दान्त अनुसार नै बीमा गर्न हो भने मनिसहरुले ट्रम इन्सोरेन्स गर्न पर्छ । आजका दिनमा ४० वर्षको मानिस छ भने १ लाख रुपैयाँको प्रतिहजार ३ रुपैयाँ २० पैसामा आफ्नो बीमा गर्न पाउँछ । भन्नाले १ लाख रुपैयाँको ३ सय २० रुपैयाँ प्रिमियम तिरेर १ करोडको २ हजार रुपैयाँको बीमा हुन्छ । २ हजार रुपैयाँ तिरेर १ करोडको बीमा हुन्छ भने त्यो साच्चिकैको बीमा हो । ३२ हजार तिरेर १ करोडको बीमा गर्ने पो बीमा त, मानिसको लाईफ भ्यालु त १ करोडभन्दा माथिको हुन्छ ।

० अन्त्यमा शेयरधनी, प्रमोटर, कर्मचारी र नेपाली जनतार्ला केही भन्नु छ ?
जीवन सुरक्षीत राख्नु नै बीमा लेख लिनु हो । दिएका निर्देशन पालना गरौं । अर्को महत्वपूर्ण पक्ष समयमै लकडाउन भयो यसले यो महामारी रोक्न सफल भयौ । मृत्युदर छैन । यो राम्रो पक्ष पक्कै हौ । हामी सबैलाई अहिलेसम्म भगवानले रक्षा गर्नु भएको छ । यो ठूलो कुरा हो । ३०÷३५ दिन घर भित्रै बसेर हामी नेपालीहरुले रोग अतिक्रमण हुनबाट रोकेका छौं । यो खुशीको पक्ष हो । घर भित्र रहँदा जीवन कठिन छ तर, यसलाई खुशी साथ विताउनु नै अहिलेको आवश्यकता पनि हो । अर्को कुरा यस कोरोना भाईरसको महामारीले बीमाको महत्व चाही बढेको देखिन्छ । जीवन सुरक्षीत गर्न बीमाको आवश्यकता बढेको छ । बीमा गरौ जीवन सुरक्षीत गरौं ।

13330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?