जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • हायर पर्चेज कर्जाः यि हुन् राष्ट्र बैंकले ल्याएका नयाँ व्यवस्थाहरु !

हायर पर्चेज कर्जाः यि हुन् राष्ट्र बैंकले ल्याएका नयाँ व्यवस्थाहरु !

नेपाल राष्ट्र बैंकले हालै हायर पर्चेज कर्जा सम्बन्धी नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई तेस्रो संशोधन गरेको हो । नयाँ व्यवस्था अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीले पनि एक सञ्चित कोष कायम गर्नुपर्ने छ । 

कम्पनीले प्रत्येक वर्षको नाफाबाट २० प्रतिशत रकमको चुक्ता पुँजीको दोब्बर नहुँदासम्म छुट्याउनुपर्ने व्यवस्था गरिएको छ । चुक्ता पुँजीको दोब्बर भइसकेपछि भने हरेक आर्थिक वर्षमा नाफाको १० प्रतिशत रकम सो कोषमा छुट्याउनु पर्ने छ । सञ्चित कोषमा जम्मा भएको रकम राष्ट्र बैंकको स्वीकृति विना अन्य शीर्षकमा खर्च नपाइने व्यवस्था नयाँ संशोधनमा गरिएको छ ।

राष्ट्र बैंकले तिनीहरुको न्यूनतम चुक्ता पुँजी ३० करोड रुपियाँ तोकेको छ । यसअघि न्यूनतम २० करोड रहेको चुक्ता पुँजीलाई २०७८ असारमसान्तसम्म ३० करोड रुपियाँ पु¥याउनुपर्ने व्यवस्था गरिएकोमा तेस्रो संशोधनमार्फत न्युनतम चुक्ता पुँजी तोकिएको हो ।

हायर पर्चेज कर्जा दिने कम्पनीको खुद सम्पत्तिको १० गुणा भन्दा बढी ऋण तथा कर्जा सापटी लिन नपाउने प्रावधान समेत थप गरिएको छ भने औसत व्याज दरमा ४ प्रतिशतभन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत व्याज दर अन्तर कायम गर्नुपर्ने व्यवस्था समेत नयाँ संशोधनमा थपिएको छ । कम्पनीको खुद सम्पत्ति भ्ननाले चुक्ता पुँजी, स्वतन्त्र कोषहरु र नाफा नोक्सान मौज्दातको कुल रकम हुने जनाइएको छ । कम्पनीले एउटै ग्राहकलाई अघिल्लो त्रैमासकको खुद सम्पत्तिको बढीमा ३० प्रतिशतसम्म कर्जा प्रदान गर्न सक्ने सीमा तोकिएको छ । कुनै कम्पनीको अर्को कम्पनीमा २५ प्रतिशत वा सो भन्दा बढी शेयर भएमा त्यसलाई पनि एकल ग्राहक समूहमा राखिने राष्ट्र बैंकको नयाँ संशोधनमा उल्लेख छ ।

निक्षेप वा बचत संकलन गर्न नपाउने

हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि किसिमले निक्षेप वा बचत संकलन गर्न पाउने छैन । हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिँदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन पाउने छैन । यस बैंकले कम्पनीको ब्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय समयमा द्ध त्यस्तो ब्याजदर सम्बन्धी नीतिगत व्यवस्था गर्न सक्नेछ । यसरी नेपाल राष्ट्र बैंकबाट भएको ब्याजदर सम्बन्धी व्यवस्था पालना गर्नु सम्बन्धित कम्पनीको कर्तव्य हुनेछ ।

किस्ता रकम एक वर्ष भन्दा बढी अवधिले भाखा नाघेमा सम्पूर्ण कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । कम्पनीले हायर पर्चेज कर्जा दिने स्वीकृति पाएको मितिले ६ महिनाभित्र त्यस्तो कारोवार शुरु गरिसक्नु पर्नेछ । अन्यथा त्यस्तो कम्पनीलाई कारोवार गर्न प्रदान गरिएको स्वीकृति स्वतः रद्द हुनेछ ।

शंंकास्पद तथा खराब वर्गमा गरिएको कर्जालाई निष्क्रिय कर्जा गणना गरी त्यस्तो अवस्थामा व्याज रकमको लेखांकन नगद प्राप्तिको आधारमा मात्र गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

3800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका