जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सहुलियतपूर्ण ऋणमा ७ अर्ब ८० करोड रुपैयाँ अनुदान गयो, १२ लाखले चलाए सवा २ खर्ब ऋण

सहुलियतपूर्ण ऋणमा ७ अर्ब ८० करोड रुपैयाँ अनुदान गयो, १२ लाखले चलाए सवा २ खर्ब ऋण

सहुलियतपूर्ण कर्जाको लागि प्रवाह भएको ऋणमा ७ अर्ब ८० करोड ८७ लाख रुपैयाँ अनुदान गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, विभिन्न १० शीर्षकका कर्जामा अनुदान गएको हो।

यो अनुदान सरकारले उपलब्ध गराउँछ। अहिलेसम्म २ खर्ब १७ अर्ब तीन करोड कर्जा स्वीकृत भएको छ। लगानी भने एक खर्ब ८७ अर्ब रुपैयाँ भइसकेको छ।

कुल एक लाख २० हजार ७१५ जनाले यो ऋण चलाएका छन्। कुल ५३ वटा बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण गएको छ। सरकारले महिलाबाहेक सबै शीर्षकको ऋणमा ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउँछ। महिलामा भने ६ प्रतिशत अनुदान उपलब्ध गराउँछ।

ब्यवसायिक कृषि तथा पशुपन्छीमा एक खर्ब ४२ अर्ब ४४ करोड रुपैयाँ ऋण स्वीकृत भएको छ। यमध्ये बिना धितोमा ३ अर्ब २८ करोड गएको छ। धितो सहितमा एक खर्ब ३९ अर्ब रुपैयाँ गएको छ।

शिक्षित युवा स्वरोजगार कर्जा ७ करोड ९८ लाख ७३ हजार रुपैयाँ गएको छ भने विदेशबाट फर्केका युवा परियोजना कर्जा ७३ करोड ८५ लाख रुपैयाँ गएको छ।

महिला उद्यमशील कर्जा ६९ अर्ब २१ करोड  ८४ लाख रुपैयाँ गएको छ। दलितलाई ७२ करोड २४ लाख, उच्च र प्राविधिक तथा ब्यवसायिक शिक्षा कर्जा ४५ करोड रुपैयाँ गएको छ। 

भुकम्प पीडितलाई सात करोड ६३ लाख रुपैयाँ गएको छ। कपडा उद्योगलाई ३ अर्ब ६९ करोड गएको छ भने प्राविधिक तथा ब्यवसायिक तलिम परिषद्बाट  लिइने तालिमेलाई ४ लाख र युवरा वर्ग स्वरोजगार कर्जा ३६ लाख रुपैयाँ स्वीकृत भएको छ। 

3025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका